निसीखोला गाउँपालिकाको १३ औँ गाउँ सभा : लोकल मदिरा ब्रान्डिङ गर्ने देखि सिसि क्यामेरा जडान सम्मका कार्यक्रम प्राथमिकतामा

 

माघ २९ गते जुग्जाखोला

बागलुङको निसीखोला गाउँपालिकामा १३ औँ गाउँ सभा सोमबार सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा गाउँपालिकाले सभा मार्फत विभिन्न १० बुँदामा निती तथा कार्यक्रम ल्याएको हो ।

अध्यक्ष सूर्य बहादुर घर्तीद्वारा प्रस्तुत नीति कार्यक्रममा स्थानीय मदिरालाई ब्रान्डिङ गर्ने देखि मुख्य सार्वजनिक क्षेत्रमा सिसि क्यामेरा जडान गर्ने सम्मका लक्ष्य गाउँपालिकाले अगाडि बढाएको पाइएको छ ।

गाउँपालिकाले गण्डकी प्रदेशले लिएको नीति कार्यक्रमलाई प्राथमिकता दिँदै बाहिरबाट आउने विदेशी मदिरालाई कम गर्दे स्थानीय स्तरमा उत्पादित लोकल मदिरालाई ब्रान्डिङ गर्ने लक्ष्य लिएको हो । मुख्य मुख्य सार्वजनिक स्थानमा चोरी डकैती लगायत अनियमित कार्यको निगरानीका निम्ति सिसि क्यामेरा जडानलाई समेत प्राथमिकता दिइएको छ ।

गाउँपालिकाले पालिका तथा वडा तहबाट हुने सेवा प्रवाहलाई थप चुस्त दुस्त र छिटो छरितो बनाउने, वडाको सीमाङ्कनमा विगतमा भएको त्रुटिका कारण समस्या भएको भन्दै त्यसलाई समाधान गर्न सम्बन्ध निकाय सँग सम्मोन्य गरि अगाडि बढ्ने, भु उपयोग ऐन तथा नियमावली अनुसार जग्गाको वर्गीकरण गर्ने कार्यलाई अन्तिम रूप दिने, औपचारिक अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने, तथा दुर्गम बस्तीमा स्वास्थ्य इकाई स्थापना एवं पालिकाले गत वर्ष  ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन छुट भएका सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने लगायतका नीति कार्यक्रम प्रस्तुत गरिएको हो ।

त्यस्तै गाउँसभाको बन्द सत्रबाट ३ करोड ५० लाख बजेट बराबरको संशोधित तथा थप बजेट पारित गरिएको छ । विभिन्न ६१ योजना छनौट गर्दे उक्त बजेट विनियोजन गरिएको जनाइएको हो ।

आयोजित औपचारिक कार्यक्रममा गण्डकी प्रदेश सभा पूर्व सदस्य खिम विक्रम शाही, निसीखोला गाउँपालिका पूर्व अध्यक्ष तारानाथ पौडेल नेपाली कांग्रेस निसीखोला गाउँपालिका सचिव राजमान बूढा, नेकपा एमाले गाउँपालिका अध्यक्ष भूमिराज घर्ति, नेकपा माओवादी केन्द्र निसीखोला गाउँपालिका सचिव भीम घर्ती, राजमो निसीखोला गाउँपालिका अध्यक्ष थमन घर्तिले शुभकामना मन्तव्य व्यक्त गर्दे गाउँपालिकालाई समृद बनाउन पालिकाले लिएका नीति कार्यक्रमलाई प्राथमिकतामा राख्दै अगाडि बढ्न सुझाब दिएका छन ।

गाउँपालिकाले नीति कार्यक्रम ल्याउने तर कार्यान्वयनको पाटो कमजोर हुने गरि काम गर्न नहुने बताउँदै कृषि, रोजगार उत्पादन सँगै बजारीकरणमा समेत ध्यान दिन आवश्यक रहेको बताएका छन । वनजंगल, खानी, जल तथा कृषि क्षेत्रबाट निसीखोला गाउँपालिकाको समृद्धिको आधार रहेका कारण त्यसलाई प्राथमिकता दिँदै अगाडि बढ्न आग्रह गरिएको छ ।

 कार्यक्रम गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिको अध्यक्षता, गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिको प्रमुख आतिथ्यता रहेको कार्यक्रम निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार चन्दको स्वागत, प्रशासन शाखा प्रमुख पुरुषोत्तम गौतमको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा वडा अध्यक्ष , कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, राजनैतिक दलका प्रतिनिधी, प्रहरी, पत्रकार लगायतको आतिथ्यता एव्म उपश्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img