माघ २६ ,२०८०
ग्लोबल आइएमई बैंक लिमिटेड बुर्तिबाड. शाखा द्वारा एकदिने बैंक तथा बित्तिय साक्षारता एवम् डिजिटल बैंकिड. सम्बन्धी कार्यक्रम बुर्तिबाड. मा सम्पन्न भएको छ।
बैंक को सामाजिक उत्तरदायित्व अन्तर्गत सेवाग्राहि नागरिक लाई बित्तिय क्षेत्र एवम् डिजिटल बैंकिड. सम्बन्धि जानकारी दिने र उनिहरु लाई बित्तिय साक्षरता बाट हुनसक्ने आर्थिक जोखिम बाट बचाउने उद्देश्य ले यो कार्यक्रम आयोजना गरिएको ग्लोबल आइएमई बैंक लिमिटेड गण्डकी प्रदेश उपप्रमुख नारायण प्रसाद पौड्यल ले जानकारी दिनु भयो।
अझैपनि नागरिक हरु बित्तिय साक्षरता आवश्यक रहेको र डिजिटल बैंकिड. कसरी प्रयोग गर्ने र त्यसबाट हुने सक्ने जोखिम बाट कसरी बच्न सकिन्छ भन्ने बिषय मा आम नागरिक संग अन्तरक्रिया गरिएको हो।
८० जना सहभागिता रहेको कार्यक्रम को सन्चालन ग्लोबल आईएमई बैंक लिमिटेड बुर्तिबाड. शाखा प्रबन्धक श्री ईश्वर राजभण्डारी ले गर्नुभएको थियो भने कार्यक्रम का विषय मा ग्लोबल आइएमई बैक लिमिटेड बुर्तिबाड. शाखा का कर्मचारी श्री समिर आचार्य ले थप प्रस्ट पार्नुभएको थियो।
कार्यक्रम मा सहभागि आम नागरिक ले आफ्नो मन मा लागेका जिज्ञासा हरु राखेका थिए। बैंक ले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्यक बर्ष यस्तै सामाजिक एवम् जनचेतना मुलक कार्यक्रम गर्दै आईरहेको छ।