ग्लोबल आइएमी बैँक द्वारा वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यक्रम


  1. माघ २६
    ग्लोबल आइएमी बैँक बुर्तिबाङ शाखाको आयोजनामा वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यक्रम बुर्तिबाङमा सम्पन्न भएको छ ।
    बैँकको सामाजिक कार्य अन्र्तगत सेवाग्राही नागरिकलाई वित्तिय क्षेत्रको विषयमा जानकारी दिने र उनिहरुलाई वित्तिय साक्षरताको अभावले हुन सक्ने आर्थिक जोखिमबाट बचाउने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको ग्लोबल आइएमी बैँक गण्डकी प्रदेश उपाध्यक्ष नारायण प्रसाद पौडेलले बताउनु भयो । 


अझैपनि नागरिकमा वित्तिय साक्षरता आवश्यक रहेको र डिजिटल बैंकिङ्गको प्रयोग कसरी गर्ने र त्यसबाट हुन सक्ने जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सेवा ग्राही नागरिक सँग अन्तरकृया गरिएको हो । 


८० जनाको सहभागिता रहेको कार्यक्रममा ग्लोबल आइएमी बैँक बुर्तिबाङ शाखा कर्जा अधिकृत समिर आर्चायले कार्यक्रमका विषयमा थप प्रकाश पार्नुभएको थियो । कार्यक्रम शाखा प्रबन्धक ईश्वर राज भण्डारीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहभागि नागरिकले आफूलाई मनमा लागेका वित्तिय र डिजिटल बैंकिङ्गको प्रयोगका सन्दर्भमा जिज्ञासा राखेका हुन । बैंकले प्रत्यक बर्ष देशभर वित्तिय साक्षरता कार्यक्रम गर्दे आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित