अखिल नेपाल युवक संघको ५ दिने जिल्लाव्यापी मोटरसाईकल ¥याली निसीमा पुगेर समापन 

माघ २८ गते बुर्तिबाङ
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघको ४३ औं स्थापना दिवसको अवसरमा आयोजित अखिल नेपाल युवक संघ बागलुङको ५ दिने जिल्लाव्यापी मोटरसाईकल ¥याली पाँचौ दिन निसीखोलाको निसीमा पुगेर समापन भएको छ ।

माघ २४ गते बरेङगाउँपालिको बरेङ बजारमा उदघाटन भएको अखिल नेपाल युवक संघ बागलुङको आयोजनामा भएको मोटरसाईकल ¥याली जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका तमानखोला ागउँपािलका , ढोरपाटन नगरपालिकाको ढोरपाटन बोबाङ गाडीखोला हुँदै आइतबार बिहान बुर्तिबाङ बजारमा कोषण सभा सहित कार्यक्रम सम्पन्न पपश्चात निसीखोला गाउँपालिकाको देविस्थान, जुग्जाखोला, झिवाखोला र निसीगाउँ हुँदै भल्कोटमा पुगेर कार्यक्रम समापन गरिएको अखिल नेपाल युवक संघ बागलुङका जिल्ला अध्यक्ष भगिन्द्र थापाले जानकारी दिनुभयो ।

ब्ुर्तिबाङमा आयोजित कोण सभालाई राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरिश्वर पाण्डेले सम्वोधन गर्नुभएको हो । सभालाई सम्बोधन गर्दे पाण्डेले देशमा व्याप्त रुपमा मौलाएको बढ्दो महंगी,अनियमितता, ढिला सुस्ती र भ्रष्टचारको अन्त्य गर्न राज्यलाई झझक्याउने र सरकारले गरेका खराब कामको खबरदारी गर्नका निम्ती कार्यक्रमको आयोजना गरिएको बताउँदै राष्ट्रिय जनमोर्चाले राम्रो कामको सँधै समर्थन गर्दे आइरहेको तर देश र जनताको हित विपरित हुने गलत कामको खबरदारी गर्दे आइरहेको बताउनु भयो ।

देशमा व्याप्त मात्रामा भ्रष्टाचार मौलायको छ । देशमा बस्न योग्य बातावरण नहुँदा लाखौँ युवा देश छोड्न बाध्य भइरहेको बताउँदै महंगी, अनियमिता, भ्रष्चारको अन्तय नहुँदा सम्म र प्रतिकृया बादी व्यवस्था को अन्तत्य भई जनबादी व्यवस्था नआउँदा सम्म आफनो पार्टीले खबरदारी गर्दे जाने बताउनु भयो ।

कार्यक्रम अनिल गिरीले सञ्चालन गर्नुभएको थियो । त्यस्तै जिल्लाको निसीखोला गाउँपालिकाको विभिन्न स्थामा कोण सभा सहित कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित