ढोरपाटन नगरपालिकाको आयोजनामा  शिक्षक र विद्यार्थीको प्रतिभा पहिचान गर्न विभिन्न कार्यक्रम सुरु  


माघ २५ गते बुर्तिबाङ
ढोरपाटन नगरपालिकाकाद्वारा विहीबार देखि शिक्षक र विद्यार्थीको निम्ति प्रतिभा पहिचान कार्यक्रम सुरु भएको छ ।

 ढोरपाटन नगरपालिका शिक्षा शाखाको आयोजनामा सुरु भएको विविध खेलकुद, सांगीतिक सँगै प्रतिभा पहिचान मूलक कार्यक्रममा ढोरपाटन नगरपालिका अन्र्तगत रहेका विभिन्न सामुदायिक तथा निजी विद्यालयका शिक्षक विद्यार्थीको सहभागिता रहेको छ ।  पालिकामा रहेका  विद्यालय स्तरीय विविध विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम र वडा स्तरीय शिक्षक प्रतिभा पहिचान कार्यक्रमको आयोजना गरिएको शिक्षा शाखा प्रमख ज्ञानेन्द्र सापकोटाले बताउनु भयो । 


बिहिबार देखि सुरु भई सम्पन्न हुने कार्यक्रम अन्र्तगत पहिलो दिन उत्तर गंगा माध्यमिक विद्यालयमा सुरु भएको कार्यक्रममा कक्षा १ देखि ५ सम्मको चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न २६ विद्यालयका विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा जनजागृति आधारभुत विद्यालय कुत्थाप्लाका विद्यार्थी निर्माण बिक प्रथम, जनता सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलका मुस्कान सुनार द्विर्तीय र न्यू मोर्डन एकेडेमीका तुल्सीङ घर्ती मगर तृतीय भएका छन ।


त्यस्तै माध्यमिक तह स्तरीय कक्षा ९ र  १० का विद्यार्थीका लागी पर्यटन प्रर्वद्धनमा हाम्रो भूमिका विषयक बक्तृत्वकला प्रतियोगिता तर्फ ११ विद्यालयको सहभागिता रहेकोमा प्रथम न्यू मोडन एकेडेमीका  अभिनय आचार्य ,द्विर्तीय अर्नाकोट माविका विनिता दर्जी , तृतीय सरस्वती मावि ढोरपाटन ९ का अन्जु पुन मगर  भएका हुन विजेता विद्यार्थीलाई पुरस्कार प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।  


शुक्रबार आधारभुत तह कक्षा ६ देखि ८ को हाजिरी जवाफ, वडा स्तरीय शिक्षक पुरुष भलिबल प्रतियोगिता, शनिबार माध्यमिक तह कक्षा ९ देखि  १२ सम्मका विद्यार्थीको सामूहिक नृत्य प्रतियोगिता वडा स्तरीय शिक्षक सामूहिक नृत्य प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।
आज भएको औपचारिक कार्यक्रम ढोरपाटन नगरपालिका वडा नंं १ का अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीले बोल्दै विद्यार्थी र शिक्षकको क्षमता वृद्धि गर्न तथा आफूसँग रहेको प्रतिभा पहिचान गरि उनि हरुलाई थप सृजनशील र अब्बल बनी अगाडि बढ्न मद्दत पुग्ने बताउँदै नगरपालिकाले यस्ता कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।


पठन पाठनले मात्र नभई क्षमता विकास गर्न विभिन्न क्षमता अभिवृद्धि गर्ने कार्यक्रम समेत आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा रोजगार संयोजक हिरालाल खनालको स्वागत, उत्तर गंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद पौडेलको शुभकामना मन्तव्य रहेको थियो ।


विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिको समेत आतिथ्यता रहेको कार्य शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद सापकोटाले सञ्चालन गर्नुभएको हो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित