दलले मात्रै जितेर हुँदैन देशले जित्न बाँकी छ—महामन्त्री शर्मा

बागलुङ, मंसिर ३०
नेपाली काँग्रेसको महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले जित्ने हार्ने भन्दा पनि देशले जित्ने गरी काम गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ बागलुङको प्रथम सम्मेलनको शनिबार बुर्तिबाङ बजारमा उद्घाटन गर्दै महामन्त्री शर्माले एक निर्वाचन सकिएपछि फेरी अर्को निर्वाचनको नतिजा विषय सोचेर बस्न नहुने बताए । ‘अहिले मिसन ८४ भनिरहेको सुन्छु, एमालेले भनिरहेको छ, लामिछानेजी नयाँ आउनुभएको छ, उहाँको पनि त्यस्तै छ,’उनले भने,‘ हामीले अहिलेको देशको समृद्धिका लागि के गर्न सकिन्छ भनेर चिन्ता गर्ने हो । लोकतन्त्रमा निर्वाचन आईरहन्छ ।’

अहिले आगामी निर्वाचनको नभई आत्मसम्मान सहितको विकास र समृद्धिको चिन्ता गर्नुपर्ने शर्माका भनाई छ । पढाईमा निरन्तर ध्यान दिने व्यक्तिमा परीक्षामा पनि राम्रोसंग उत्तिर्ण हुने भन्दै उनले अहिले राम्रो काम गर्न सके निर्वाचन आफै जितिने वाताबरण बन्ने बताए ।

नेपालको समृद्धिमा यहाँका नागरिकलाई मालिक बनाउनेगरी योजनाको विकास सक्नुपर्ने उनको भनाई छ । ‘हामीले यहाँको माथिबाट बग्ने उत्तरगंगा हाइड्रो पावर बनाउँदै गर्दा झापाको विश्वप्रकाशले सेयर हाल्ने तर यहाँका नागरिकले बत्ती मात्रै देख्ने होईन यहाँका नागरिकले पनि सेयर हालेर त्यसबाट आम्दानी हुन थालेपछि आफ्नो अरबमा रहेको छोरालाई घर फर्क भन्ने वाताबरण बनाउनुपर्छ,’ उनले भने,‘हामीले खोजेको समृद्धिमा सबै जनता मालिक हुने हो ।’

देशमा भूकम्पले भन्दा कमजोरीले घर भत्किएको उनको भनाई थियो । ‘रुकुम जाजरकोटमा भूकम्पले भन्दा हाम्रो कमजोरीले घर भत्किएका छन्,‘हामीले अब नागरिकको घर कसरी नभत्किने बनाउन सकिन्छ भन्ने विषयमा बहस गर्नु जरुरी छ ।’ राजा हुँदा देशको ९ प्रतिशत नागरिकका घरमा पुगेको विद्युतीकरण अहिले ९५ प्रतिशत नागरिकसम्म पुगेको भन्दै शर्माले यो व्यवस्थामा केही पनि भएन भन्ने गलत भएको बताए । ‘हामीले लामै यात्रा तय गर्नुपर्नेछ, धेरै काम गर्नुपर्नेछ, तर अहिलेसम्म केही पनि भएन भन्ने कुरा गलत हो, केही भएका छन् ।

त्यहाँबाट हामी अगाडि बढ्नुपर्छ,’ उनले भने । यो देश सतिले सरापेको भनाई भगवान गौतम बुद्धले आशिर्वाद दिएको देश हो भनेर चिनाउनु जरुरी रहेको उनी बताउँछन् ।
स्थानीय सरकारको रुपमा काठमाडौं र धरानका चर्चा गरिरहँदा ललितपुरलाई पनि भुल्न नहुने बताए । ‘बालेनजीले राम्रै काम गर्नुभएको छ, काँग्रेसको मञ्चबाट उहाँको कामको प्रशंसा गर्दा फरक पर्दैन, हर्क साम्पाङले पानी ल्याउनुभएको छ,’ उनी भन्छन्,‘यति भन्दै गर्दा नेपाली काँग्रेसबाट निर्वाचन जितेका ललितपुरका चिरीबाबु महर्जनले पनि राम्रो काम गर्नुभएको छ । त्यसलाई भुल्न हुँदैन ।’ शर्माले कार्यकतालाई सानो कुरामा उत्तेजित हुने र सानै कुरामा निराश हुने बानी हटाउन समेत आग्रह गरे ।
‘निर्वाचन जित्ने हार्ने सरकारमा हुने नहुने भन्ने सामान्य कुरा हो,’ उनी भन्छन्,‘देशले जित्ने कुरा महत्वपूर्ण हो । हामीले देशले जित्नेगरी काम गर्नुपर्छ ।’ उनले इतिहासमा नेपाल कहिल्यै पराधिन नभए पनि जित्न भने बाँकी रहेको बताए । समुन्नत देश निर्माण गर्न सके मात्रै देशले जित्ने उनको भनाई छ ।

आयोजित कार्यक्रमका अवसरमा नेपाली कांग्रेस केन्द्रिय सदस्य चम्पादेवी खड्का, बागलुङ जिल्ला सभापती जित बहादुर शेरचन, गण्डकी प्रदेश उद्योग प्रर्यटन तथा वन वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा, गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवंर, प्रदेश सभा सदस्य दिल्लीराम सुवेदी, गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवी, नेपाली कांग्रेस महाधिवशेन समिती समिती सदस्य टेकराज पौडेल, अर्जुन शेरचन, पुर्व क्षेत्रीय सभापती घनस्याम गौतम, नेविसंघ पूर्व केन्द्रिय उपाध्यक्ष प्रमोहरी गुरागाई लगाएतको शुभकामना मन्तव्य रहेको थियो ।कार्यक्रमका अवसरमा पूर्व क्षेत्रीय सभापती हरुलाई सम्मान समेत गरिएको थियो
कार्यक्रमका सभापती एवं क्षेत्रीय सभापती जोकलाल बुढा द्धारा सांगठानीक एवं राजनैतिक प्रतिवेदन, क्षेत्रीय कोषाध्क्ष ठग बहादुर वि.क. द्धारा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम प्रदेश सभा क्षेत्र नं. २ (ख) का प्रदेश सभापती मेशलाल सर्माको स्वागत, क्षेत्रीय सभापती जोकलाल बुढाको अध्यक्षता क्षेत्रीय सचिव धर्म बहादुर घर्तिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img