उत्तरगंगा मा.वि.मा बन्न सकेन व्यवस्थापन समितीः दोश्रो पटक विहिबारलाई म्याद सारियो

असार ३ गते
जिल्लाको ढोरपाटन नगरपालिका १ स्थित उत्तरगँगा नमुना माध्यमिक विद्यालयमा आइतबार विद्यालय व्यवस्थापन समिती गठन प्रकृया अगाडी बढाइए पनी अभिभावकको न्युन उपश्थितीका कारण व्यवस्थापन समिती गठन हुन नसकेको हो ।

करिब ७ बर्षपछि व्यवस्थापन समिती गठन प्रकृयालाई अगाडी बढाइएपनी कुल अभिभावकको ५१ प्रतिशत सँख्या उपश्थीत हुन नसक्दा अर्को पटकको लागी समिती गठन प्रकृया सार्नु परेको विद्यालय व्यवस्थापन सहयोग समिती सम्योजक एवंम ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीले बताउनु भयो ।

विद्यालयमा कुल ९ सय ३६ अभिभावक मध्ये आइतबार जम्मा २०४ जनाको उपश्थिती रहेको थियो । कुल सँख्याको ५१ प्रतिशत पु¥याउँदा ४ सय ७८ हुनुपर्नेमा उक्त सँख्या नपुगेसंगै अव दोश्रो चरणलाई अगाडी बढाइएको वडा नं. १ अध्यक्ष एवंम विद्यालय व्यवस्थापन समिती गठन सहजिकरण समिती सदस्य वान बहादुर छन्त्यालले बताउनु भयो ।
दोश्रो चरणमा कुल अभिभावक सँख्याको ३५ प्रतिशत अभिभावक उपश्थित भएको खण्डमा समितीले पूर्णतापाउने छ यदि दोश्रो पटक पनी आवस्यकता अनुसार अभिभावकको उपश्थिती नभएमा कुल उपश्थितीको आधारमा तेश्रो पटक समिती गठन हुने व्यवस्था रहेको विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेलले बताउनु भयो ।

समितीको बैठक अनुसार आगामी विहिबार असार ७ गतेका लागी समय निर्धारण गरिएको हो । विद्यालय व्यवस्थापन सहयोग समितीमा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, नगरपालिका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटा र प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेल गरी ४ सदस्य समिती बनाइएको हो ।

लामो समय सम्म व्यवस्थापन समिती बन्न नसकेको उक्त विद्यालयमा यहाँ स्थित कृयाशिल दलहरुले गत बैसाख महिनामा निर्णय गर्दे आफुहरुले सम्मोन्य गर्ने निर्णय समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img