तमानखोला गाउँपालिकाको आयोजनामा ६ वटै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

फाल्गुन २० गते तमानखोला
तमानखोला गाउँपालिकाको आयोजनामा पालिकाको ६ वटै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका तथा वडा स्तरबाट भइरहेका काम तथा सेवा प्रवाहका सन्दर्भमा नागरिकका गुनासो, चासो, सुझाव सल्लाह सुन्दै र त्यसको सम्वन्धित निकायबाट जवाफ सहित सबै वडा तहमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
नगरिकको चासो, गुनासो र जिज्ञासाको समिश्रण सहित जनप्रतिनिधी लाई जनता प्रति उत्तरदायी वनाउने,आर्थिक बर्ष २०७९÷०८० को वडा स्तरमा विनीयोजन भएको बजेट योजना, निती कार्यक्रम र भइरहेका काम प्रतिको प्रभावकारीता, वडा र पालिका तर्फ प्रशासन तथा कर्मचारीबाट हुने गतिविधी,विकास निर्माणमा जनताको सहभागिता लगाएतका विषयमा जनताको धारणा सुन्ने र जनताको प्रश्न गुनासोको सम्वन्धित निकायबाट जवाफ दिँदै कार्यक्रम सम्पन्न गरिएको हो ।
जनताबाट सुझाव सल्लाह लिँदै वडा तथा पालिका लाई समृद्ध एवम जनप्रतिनिधी र कर्मचारी लाई जनताप्रति उत्तरदायी वनाउने र जनप्रतिनीधी, कर्मचारी र जनता विचको दुरीलाई नजिक बनाउँदै अगाडी बढ्ने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष जोक लाल बुढाले बताउनु भयो ।
सामुदायिक रेडियो ढोरपाटनको सहजिकरणमा सञ्चालित पहिलो चरणमा वडा स्तरमा सञ्चालन गरिएको र दोश्रो चरणमा पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिने अध्यक्ष बुढाको भनाई छ । गत फाल्गुन १५ गते वडा नं. ६ नर्जाखानी देखि सुरु भएको कार्यक्रम शनिवार २० गते वडा नं. २ मा पुगेर सम्पन्न भएको हो ।


आयोजित कार्यक्रममा स्थानीयबासीको व्यापक उपश्थिती रहेको हो । संघियता कार्यान्यन संगै स्थानीय तह आएको ६ बर्ष पुग्नै लाग्दा दुर्गम मानिएको तमानखोला गाउँपालिकामा धेरै विकास निर्माणले गति लिइसकेको सहभागिले बताएका छन ।
पालिका र वडाको सक्रियतामा जनप्रतिनिधी कर्मचारी बाट नागरिकको समस्या सम्वोधन गर्ने, नागरिकको अपेक्षा वमोजिम विकास निर्माणमा हातेमालोे गरिँदै आएको बताउँदै अवका दिनमा तमानखोला गाउँपालिका र वडा तहबाट आर्थिक समृद्धि, चेनता स्तर बृद्धि , शैक्षिक गुणस्तरमा विकास जस्ता विषयलाई प्राथमिकता दिनुपर्ने सहभागिले जोड दिएका हुन ।
हालसम्म पालिकाको ध्यान भौतिक विकास तर्फ गएको बताउँदै अवको लगानी रोजगारी सृजना, कृर्षि पशु क्षेत्रको व्यवसाहीक विस्तार र विकास, शिक्षा क्षेत्रतर्फ व्यवसाहीक र थप परिमार्जन सहितको गुणस्तरीय शिक्षा आवस्यक रहेको अधिकांसको सुझाव थियो । गत बैसाखमा भएको स्थानीय तह निर्वाचनमा निर्वाचित भएर आएका जनप्रतिनिधी बाट हाल सम्म जनताको सुझाव लिएर काम गर्ने परिपाटि रहेको बताउँदै जनतालाई प्रत्यक्ष प्रभाव पर्ने खालका कार्यक्रम पालिकाले ल्याउनु पर्ने लगाएतका धारणा सहित प्रश्न, सुझाव र गुनासो व्यक्त गरेका हुन ।


सार्वजनिक सुनुवाई कार्यक्रमले जनताको चासो, गुनासो र सुझावलाई महत्वपूर्ण स्थान दिएका कारण यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । सहभागिहरुले आफनो धारणा संगै सुझावलाई प्राथमिकता दिइएको पाइएको छ । कार्यक्रममा नागरिकबाट आएका लिखित, मौखिक प्रश्न सुझाव र गुनासा र जिज्ञासाको सम्वन्धित वडाका वडा अध्यक्षले जवाफ दिँदै नागरिक बाट आएका प्रश्न, सुझाव र धारणाले आफु लगाएत जनप्रतिनिधी र कर्मचारीलाई थप परिमार्जित रुपमा काम गर्न सहज हुने बताउँदै नागरिकबाट आएका सुझाव लाई मनन गरेर अगाडी बढ्ने बताए ।


फाल्गुन १५ गते वडा नं. ६ मा वडा अध्यक्ष चित्रबहादुर छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको थियो वडा नंं. ५ मा फाल्गुन १६ गते वडा अध्यक्ष हिरा बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको छ वडा नं. ३ मा फाल्गुन १७ गते वडा अध्यक्ष झक बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो त्यस्तै वडा नं. ४ मा फाल्गुन १८ गते छ प्रसाद श्रीपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
वडा नं. १ मा वडा अध्यक्ष थम बहादुर रोकाको अध्यक्षता गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वर लाल शाक्यको विशिष्ठ आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको हो । शनिवार फाल्गुन २० गते वडा नं. २ मा वडा अध्यक्ष नारायण सुनारको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत इश्वर लाल शाक्यको विशिष्ठ आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा तथा पालिकाको तर्फदेखि वडा अध्यक्ष कार्यपालिका सदस्य, प्राविधिक, रोजगार शाखाका सम्योजक लगाएतको सहभागिता रहेको थियो । त्यस्तै स्थानीय वडा बासिको तर्फदेखि राजनैतिक दलका प्रतिनिधी, क्लब, शिक्षक, टोल विकास संस्थाका प्रतिनिधी, आमा समुह, स्वास्थ्यकर्मी, विभिन्न उपभोक्ता समिती पदादिकारी, समाजसेवी, स्थानीय बासी लगाएतको सहभागिता रहेको थियो ।


नागरिकका समस्या बुझ्न, उनिहरुले दिएको सुझावलाई ग्रहण गर्दे परिमार्जन सहित अगाडी बढ्न र सेवा प्रवाह, विकास निर्माणलाई चुस्त दुरुस्त पार्नमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको बताउँदै नागरिकबाट आएका जिज्ञासा सुझाव र प्रश्नको जवाफ दिइएको र दोश्रो चरणमा पालिका स्तरीय सार्वजनिक सुनुवाई मार्फत नागरिकका थप समस्या, गुनासो सुझाव सुन्ने र त्यसको जवाफ दिने गरि पालिकाले कार्यक्रम अगाडी बढाएको प्रमुख प्रशासकिय अधिकृत इश्वर लाल शाक्यले बताउनु भयो ।


कार्यक्रम सामुदायिक रेडियो ढोरपाटनका स्टेशन प्रमुख छविलाल पाण्डेको सहजिकरण समाचार सहायक विनोद विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित