तमानखोला फाल्गुन १९ गते
जिल्लाको तमानखोला गाउँपालिमा दोस्रो तमानखोला आर्चरी रनिङ च्याम्पियनसिप २०७९ शुक्रबार देखी सुरु भएको छ ।
“खेलकुद विकास र गतिशिलता,मैत्रिपूर्ण भावनाको विकास आजको मुल अवश्यकता” भन्ने मुल नाराका साथ तमानखोला शिक्षा तथा खेलकुद शाखाको आयोजनामा शुक्रबार एक कार्यक्रमका साथ कार्यक्रमको उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गदै अध्यक्ष बुढाले आर्चरी मानब जिवनको सभ्याता संघ जोडिएको भन्दै यसलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनु भयो ।
उहाँले थप वोल्दै यस खेलकतर्फ युवाको आकर्षण रहनु र देशका विभिन्न स्थानमा भएका खेलमा मेडल समेत हात पार्न सफल भएका कारण खेलकुदको संरक्षण र खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यले गाउँपालिकाले रनिङ च्याम्पियनसिप प्रतियोगिताको आयोजन ागर्ने गरेको बताउनु भयो । आर्चरी खेललाई गाउँपालिकाको निर्णय अनुसार पालिका स्तरीय खेलको रुपमा विकास र सम्रक्षण गर्ने बताउनु भयो ।
आयोजित प्रतियोगितामा च्याम्पियन तर्फ २६ जना र साधारण तर्फ १७ जना खेलाडीले सहभागिता जनाएका छन । प्रतियोगिताको च्याम्पीयन तर्फ प्रथम दिर्तिय र तृर्तियले क्रमश पन्द्र हजार, दश हजार र पाँच हजार नगद सम्मानपत्र प्राप्त गर्ने भएका छन । साधारण तर्फ क्रमश दश हजार, सात हजार र पाँच हजार रुपैयाँ नगद र सम्मान प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ । च्याम्पियन तर्फ उत्कृष्ट हुनेले रनिङ्ग कप प्राप्त गर्ने छन गतबर्ष हिक्मत जक्तपुरीले कप हात पार्नुभएको थियो ।
आयोजित उद्धघाटन सत्रको कार्यक्रममा तमानखोला गाउँपालिका यूवा तथा खेलकुद समिती जेष्ठ सदस्य गोर्ख बहादुर घर्तिको अध्यक्षता, गाउँपालिका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्यता, उपप्रमुख हिरा कुमारी छन्त्याल, प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यको विशिष्ठ आतिथ्यता रहेको आयोजित कार्यक्रममा वडा नं. २ का अध्यक्ष नारायण सुनार, कार्यपालिका सदस्य ढालेन्द्र छन्त्यालको आतिथ्यता रहेको कार्यक्रममा रोजगार सम्योजक चेतलाल चालिसेको स्वागत, मुना विश्वकर्माको सञ्चालनमा उद्धघाटन सत्रको कार्यक्रम भएको बताइएको छ । कार्यक्रम भोली सम्पन्न हुने शिक्षा युवा तथा खेलकुद शाखा संयोजक दुर्गादत्त घिमिरेले बताउनु भयो ।