घोसा– बिसमोर जोड्ने झलुङगे पुलको उमेद्वार कुवंरद्धारा सिलन्यास ,एक घण्टाको बाटो दुई मिनेटमा पार हुने

कात्तिक २८
नेपाली कांग्रेसका नेता तथा बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ गठवन्धनका उमेद्वार दोर्ण कुमार कुवंरले ढोरपाटन नगरपालिका ३ विसमोर देखि घोसा जोड्ने झोलुङगे पुलको सिलन्यास गर्नुभएको छ ।
नेता कुवँरको पहलमा संघिय सरकारबाट पुल बन्ने योजना परेसंगै २४३ मिटर लामो झोलुङगे पुलको सोमबार सिलन्यास गर्नुभएको हो ।
आगामी चार महिनामा निर्माण सम्पन्न गर्ने गरी निर्माण सुरु भएको उक्त पुल दुई करोड २० लाख लागतमा थानी निर्माण सेवा काठमान्डौले ठेक्का लिएको हो । तमानखोला देखि ६० मिटर उचाइमा रहेको उक्त पुल निर्माण सम्पन्न भएमा ढोरपाटन नगरपालिका ३ पुर्काट र घोसा सामा गाउँका स्थानियलाई वारपार गर्न ३० मिनेटको समय छोटिने भएको हो ।

उमेद्वार दोर्ण कुमार कुवंर सहित नेपाली कांग्रेसका समानुपातीक उमेद्वार दिलमाया पौवी, नेकपा माओबादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य निल बहादुर पुन, नेपाली कांग्रेस जिल्ला कार्यवाहक सभापती सागर छन्त्याल, महाधिवेशन प्रतिनिधी सिँह बहादुर राना, दिपेन्द्र श्रेष्ठ, नेकपा माओबादी केन्द्रका हेमेन्द्र घर्ति लगाएतको उपश्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img