निसीखोला कांग्रेस सभापतिमा खिमबहादुर कार्की सर्वसम्मत चयन

निसीखोला, बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न निसीखोला गाउँपालिका अधिवेशनबाट खिमबहादुर कार्की गाउँपालिका सभापतिमा चयन हुनुभएको छ।

अधिवेशनले कार्कीलाई सहमतीय प्रणालीमार्फत गाउँपालिका सभापतिमा चयन गरेको हो। पार्टीभित्र सहमति र सहकार्य कायम गर्दै नयाँ नेतृत्व चयन गरिएको नेपाली कांग्रेस निसीखोलाले जनाएको छ।

अधिवेशनबाट गाउँपालिका कार्यसमितिको उपसभापतिमा जीवनकुमार पाण्डे र नरमती पुन चयन हुनुभएको छ। त्यस्तै, सचिवमा ताराबहादुर विक तथा सह–सचिवमा श्यामबहादुर शाही चयन हुनुभएको जनाइएको छ।

नयाँ कार्यसमितिमा पदाधिकारीसहित १९ सदस्य चयन भएका छन्। अधिवेशनबाट सहमतीय प्रक्रियामार्फत नेतृत्व चयन भएसँगै निसीखोलामा नेपाली कांग्रेसको संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने अपेक्षा गरिएको छ।

सभापतिमा चयन हुनुभएका कार्कीले पार्टी संगठनलाई थप सुदृढ गर्दै सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले स्थानीयस्तरमा पार्टीको संगठन विस्तारसँगै जनताका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ।

आयोजीत कार्यक्रममा केन्द्रिय सदस्य टेकराज पौडेल, जिल्ला कार्यवाहक सभापती तारानाथ पौडेल लगाएत नेताहरुको आतिथ्यता एवम् शुभकामना मन्तव्य रहेको थियो ।

१५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन सम्पन्न भएपछि गाउँपालिका तहको नेतृत्व चयन गरिएको हो। नयाँ नेतृत्वले आगामी दिनमा संगठन विस्तार, कार्यकर्ता परिचालन तथा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने कांग्रेसका स्थानीय नेताहरूले बताएका छन्।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img