तमानखोला गाउँपालिकामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६ वटै वडामा नयाँ नेतृत्व चयन गरिएको छ।
शनिबार र आइतबार सम्पन्न वडा अधिवेशनबाट सबै वडामा वडा समिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको नेपाली कांग्रेस क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिनुभयो।
अधिवेशनबाट वडा नम्बर १ को सभापतिमा उठवीर विक, वडा नम्बर २ मा राजेन्द्र पुन, वडा नम्बर ३ मा पवन बुढाथोकी, वडा नम्बर ४ मा यमबहादुर श्रीपाली, वडा नम्बर ५ मा हेमन्त परियार र वडा नम्बर ६ मा मिलन छन्त्याल चयन हुनुभएको छ।
त्यस्तै, तमानखोलाका सबै वडाबाट क्षेत्रीय प्रतिनिधिसमेत चयन गरिएको जनाइएको छ।

नेपाली कांग्रेसको क्षेत्र नम्बर २, प्रदेश सभा क्षेत्र नम्बर २ अन्तर्गत निसीखोला गाउँपालिका–७ मा असोज ६ गते नयाँ नेतृत्व चयन गर्ने तयारी गरिएको छ। निसीखोला–६ मा पनि अधिवेशनका लागि आवश्यक तयारी भइरहेको बताइएको छ।
यस्तै, ढोरपाटन नगरपालिका–७ र ८ मा समेत वडा अधिवेशनका लागि तयारी भइरहेको क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिनुभयो।

















