बुर्तिबाङ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन चलिरहँदा बागलुङको ढोरपाटन नगरपालिकाका ७ वटा वडामा शनिबार अधिवेशन सम्पन्न भएको छ।
९ वडा रहेको ढोरपाटन नगरपालिकामा शनिबार सम्पन्न अधिवेशनबाट वडा नम्बर १ को सभापतिमा शमेर विक, वडा नम्बर २ मा चुडामणि जैसी, वडा नम्बर ३ मा रामबहादुर कुँवर, वडा नम्बर ४ मा ज्ञानप्रसाद गिरी, वडा नम्बर ५ मा समबहादुर पुन, वडा नम्बर ६ मा मदन भण्डारी र वडा नम्बर ९ मा विजय पुन चयन हुनुभएको छ।
सम्पन्न भएका सातवटै वडामा सहमतिको आधारमा नयाँ नेतृत्व चयन गरिएको जनाइएको छ। वडा नम्बर ७ र ८ को अधिवेशन भने आइतबार गर्ने तयारी रहेको नेपाली कांग्रेसले जनाएको छ।

वडा नम्बर ५ मा आयोजित अधिवेशन कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि दोर्णकुमार कुँवरको प्रमुख आतिथ्यता रहेको थियो।

त्यस्तै, वडा नम्बर १ मा आयोजित कार्यक्रममा केन्द्रीय महाधिवेशन प्रतिनिधि दिलमाया पौवी, दीपेन्द्र श्रेष्ठ, सोम पौवी तथा नेता अर्जुन शेरचन लगायतको आतिथ्यता रहेको थियो।
वडा तहको अधिवेशनमार्फत नेतृत्व चयनसँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि संगठनात्मक प्रक्रिया अघि बढेको छ।

















