बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन सुरु भएसँगै बागलुङको निसीखोला गाउँपालिकाका पाँच वटा वडामा नयाँ नेतृत्व चयन गरिएको छ।
शनिबार सम्पन्न वडा अधिवेशनबाट वडा नम्बर १ को सभापतिमा नरेन्द्र कुँवर, वडा नम्बर २ मा टेकबहादुर कार्की, वडा नम्बर ३ मा इश्वरी कँडेल, वडा नम्बर ४ मा तिलप्रसाद रेग्मी र वडा नम्बर ५ मा ढालबहादुर छन्त्याल चयन हुनुभएको हो।
निसीखोला गाउँपालिकाका पाँचवटै वडामा सहमतिको आधारमा नयाँ नेतृत्व चयन गरिएको जनाइएको छ। वडा नम्बर ६ र ७ को अधिवेशन भने सम्पन्न हुन बाँकी रहेको बताइएको छ।
वडा नम्बर ४ मा आयोजित अधिवेशन कार्यक्रममा नेपाली कांग्रेस बागलुङका कार्यवाहक सभापति तारानाथ पौडेल र केन्द्रीय सदस्य टेकराज पौडेलको विशेष उपस्थिति रहेको थियो।

वडा तहको अधिवेशनसँगै कांग्रेसको संगठन निर्माण तथा आगामी महाधिवेशनका लागि प्रतिनिधि चयनको प्रक्रिया समेत अघि बढेको छ।

















