नेकपा ढोरपाटन नगरपालिकाको एकता बैठक सम्पन्न, ९ वटै वडामा जिम्मेवारी बाँडफाँट

बुर्तिबाङ, बागलुङ l

साउन २९,

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ढोरपाटन नगरपालिकाको एकता बैठक बुर्तिबाङमा सम्पन्न भएको छ। बैठकले पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै नगर तथा वडा तहमा जिम्मेवारी बाँडफाँट गरेको छ। बैठकले ढोरपाटन नगरपालिकाका ९ वटै वडामा इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजक तोकेको छ। जसअनुसार वडा नं. १ मा लालबहादुर घर्ती इन्चार्ज, हेमप्रसाद बी.क. सह–इन्चार्ज, भीमबहादुर भण्डारी संयोजक र कमल कुमाल सह–संयोजक तोकिएका छन्।

 

वडा नं. २ मा बलसम कुँवर, जिबलाल कँडेल, रामबहादुर नेपाली र डम्बरबहादुर खत्री क्रमशः इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजकको जिम्मेवारीमा छन्। वडा नं. ३ मा लीलबहादुर पुन, गामी बुढा, सुनील बी.क. र नरप्रसाद पाण्डे तथा वडा नं. ४ मा मिलन बी.क., जस्लाल श्रीपाली, दिलबहादुर बी.क. र थमप्रसाद गिरीलाई क्रमशः इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजकको जिम्मेवारी दिइएको छ। त्यस्तै वडा नं. ५ मा दिलिप बी.क. इन्चार्ज, रतिकला बी.क. संयोजक र सोम बी.क. सह–संयोजक तोकिएका छन्। वडा नं. ६ मा अमर बुढा, हिक्मत भण्डारी, तुलसरी बी.क. र ससबहादुर बी.क.लाई क्रमशः इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजकको जिम्मेवारी दिइएको छ। वडा नं. ७ मा हेमेंद्र पुन इन्चार्ज, खगीसरा कायत सह–इन्चार्ज र दीपक बुढा संयोजक तोकिएका छन्। वडा नं. ८ मा चिरा घर्ती, नायन्द्र सुनार, प्रेम बी.क. र तुलबहादुर बी.क.लाई क्रमशः इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजकको जिम्मेवारी दिइएको छ। वडा नं. ९ मा होमल भुसाल इन्चार्ज, खुमबहादुर बी.क. र विश्व बुढा सह–इन्चार्ज, मादम बी.क. संयोजक तथा अरुण घर्ती मगर सह–संयोजक तोकिएका छन्।

 

बैठकले ४५ सदस्यीय नगर कमिटी निर्माण गर्ने तथा भदौ महिनाको अन्तिमसम्म संगठन नवीकरण गर्ने निर्णय गरेको छ। त्यस्तै, असोजको पहिलो हप्तामा वडा अधिवेशन सम्पन्न गर्ने र त्यसपछि नगर अधिवेशन आयोजना गर्ने निर्णय गरिएको छ। नगर अधिवेशनका लागि ४५ सदस्यीय आयोजक कमिटी गठन गर्ने निर्णयसमेत गरिएको छ। प्रत्येक वडामा एक–एक जना प्रदेश समिति सदस्यलाई संगठनको अनुगमन तथा निरीक्षणको जिम्मेवारी दिने निर्णय गरिएको छ। बैठकमा सहभागी नेता तथा कार्यकर्ताले पार्टी संगठन विस्तार, सुदृढीकरण तथा आगामी अधिवेशनका विषयमा मन्तव्य राखेका थिए। बैठकमा प्रमुख अतिथिका रूपमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमल घिमिरे सहभागी हुनुहुन्थ्यो।

 

त्यस्तै केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज फमलाल न्यौरे, जिल्ला सह–इन्चार्ज ज्ञाननाथ गैरे, जिल्ला संयोजक प्रकाश घर्ती तथा केन्द्रीय सदस्य एवं ढोरपाटन नगरपालिका इन्चार्ज चन्द्र अर्याललगायतको उपस्थिति रहेको थियो। बैठकको अध्यक्षता ढोरपाटन नगर संयोजक हेमेंद्र घर्ती मगरले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रदेश कमिटी सदस्य गोपाल महतले गर्नुभएको थियो।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img