ढोरपाटनमा प्रथम आलु महोत्सव हुँदै, ८ दिनमा १५ करोडसम्म आर्थिक कारोबार हुने अपेक्षा

बुर्तिबाङ, साउन २१ — ढोरपाटन नगरपालिकाले आगामी भदौ ८ गतेदेखि १६ गतेसम्म ढोरपाटनमा प्रथम आलु महोत्सव आयोजना गर्ने भएको छ। स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, आन्तरिक पर्यटनको विकास तथा खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आठ दिनसम्म महोत्सव सञ्चालन गर्न लागिएको हो।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायत (कल्याण) ले ढोरपाटनलाई कृषि र पर्यटनको साझा गन्तव्यका रूपमा स्थापित गर्न महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो।

उहाँका अनुसार पछिल्लो समय ढोरपाटनमा आन्तरिक पर्यटकको आगमन उल्लेखनीय रूपमा बढिरहेको छ। आलु उत्पादनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्रका रूपमा परिचित ढोरपाटनमा किसानले उत्पादन गरेका कृषि उपजको प्रचार–प्रसार, बजारीकरण र स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण बढाउने लक्ष्य महोत्सवले लिएको छ।

जनैपूर्णिमालाई लक्षित गरी आयोजना गरिने महोत्सवमा स्थानीय खानाका परिकार, कृषि प्रदर्शनी, स्थानीय कला–संस्कृतिको प्रदर्शन, घोडा दौड तथा भेडाका साँढे जुधाइ जस्ता परम्परागत कार्यक्रम समावेश गरिनेछ। नगरपालिकाले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, स्थानीय समुदाय र व्यवसायीसँग समन्वय गरी तयारीलाई तीव्र बनाएको जनाएको छ।

महोत्सवमा रु. २ लाख १ हजार १११ प्रथम पुरस्कार राशी रहेको खुला पुरुष भलिबल प्रतियोगिता आकर्षणको केन्द्र रहनेछ। साथै महिला भलिबल, भेट्रान्स भलिबल, पुरुष फुटबल, दोहोरी गीत प्रतियोगिता, पुरुष तथा महिला छेलो, घोडा दौड, ‘आलु महोत्सव आइडल’ लगायत विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने कार्यवाहक नगरप्रमुख कायतले जानकारी दिनुभयो।

महोत्सवलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन, होटल तथा होमस्टे व्यवसायीसँग छलफल, सडक व्यवस्थापन, ढोरपाटन सिकार आरक्षनेपाली सेनासँग आवश्यक समन्वय लगायतका तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले महोत्सव सञ्चालनका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ। महोत्सवमार्फत १२ देखि १५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। स्थानीय उत्पादनको बजार विस्तार, पर्यटन व्यवसायको प्रवर्द्धन तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव कोशेढुंगा सावित हुने विश्वास नगरपालिकाको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img