बुर्तिबाङमा ५ लायन्स क्लबको पदस्थापन तथा पदभार ग्रहण सम्पन्न, देविस्थान माविमा २ करोडभन्दा बढीको भवन निर्माण घोषणा

छविलाल पाण्डे

बुर्तिबाङ, साउन १४– लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत बागलुङको पश्चिम क्षेत्रमा रहेका पाँच वटा लायन्स क्लबको लायन वर्ष २०२६/०२७ का लागि पदस्थापन तथा पदभार ग्रहण कार्यक्रम बुधबार बुर्तिबाङमा सम्पन्न भएको छ।

जोन चेयरपर्सन एवं लायन्स क्लब अफ ढोरपाटनका निवर्तमान अध्यक्ष तेजीन्द्र खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा पास्ट इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा डिस्ट्रिक्ट ३२५ के नेपालका गर्भनर रमेश अधिकारी, प्रथम भाइस डिस्ट्रिक्ट गर्भनर विष्णुहरि फुयाल, द्वितीय भाइस डिस्ट्रिक्ट गर्भनर हसनकुमार गोपाली, चिफ एड्भाइजर मिनराज काफ्ले, डिस्ट्रिक्ट एक्जुकेटिभ एड्भाइजर काजिमान गुरुङ, डिस्ट्रिक्ट चिफ एक्जुकेटिभ कोर्डिनेटर वसन्त गिरी, डिस्ट्रिक्ट चिफ एक्जुकेटिभ डाइरेक्टर दुर्गा कुँवर, डिस्ट्रिक्ट सिनियर एओजी राम सुवेदी, डिपार्टमेन्ट चिफ राम आचार्य, डिस्ट्रिक्ट चेयरपर्सन राजेश भारी तथा शान्ति पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा लायन वर्ष २०२५/०२६ मा सम्पन्न भएका गतिविधिको समीक्षा तथा आगामी वर्षका कार्यक्रम र योजनाको प्रस्तुतीकरण गरिएको थियो।

लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष हेमेन्द्र घर्ती, लायन्स क्लब अफ निसीखोलाका अध्यक्ष अशोक कार्की, लायन्स क्लब अफ तमानखोलाका अध्यक्ष झकबहादुर बुढा, लायन्स क्लब अफ ताराखोलाका अध्यक्ष हरिप्रसाद शर्मा तथा लायन्स क्लब अफ बुर्तिबाङकी अध्यक्ष मनकुमारी कुँवरले आ–आफ्ना क्लबका वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, तेजीन्द्र खत्रीशान्ति पौडेलले गत वर्ष सञ्चालन गरिएका सामाजिक कार्यक्रमहरूको विवरण प्रस्तुत गर्नुभएको थियो।

लायन्स क्लबहरूले स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा खेलकुदलगायतका क्षेत्रमा समुदायमुखी सेवा कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएका छन्।

प्रमुख अतिथि बालकृष्ण बुर्लाकोटीले लायन्स क्लब जहाँ समस्या हुन्छ, त्यहीँ निस्वार्थ सेवाभावका साथ अग्रपङ्क्तिमा पुग्ने संस्थाका रूपमा स्थापित भएको बताउनुभयो। उहाँले बागलुङको पश्चिम क्षेत्रमा लायन्स क्लबहरूले सञ्चालन गरिरहेका समाज रूपान्तरणमुखी कार्यक्रम प्रशंसनीय रहेको उल्लेख गर्दै निसीखोला गाउँपालिका–१ स्थित देविस्थान माध्यमिक विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि लायन्सको तर्फबाट २ करोड रुपैयाँभन्दा बढी लागतको परियोजना अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सोही अवसरमा लायन्स क्लब अफ तमान सोलेको विधिवत् उद्घाटन समेत गरिएको थियो।

विशिष्ट अतिथि तथा डिस्ट्रिक्ट गर्भनर रमेश अधिकारीले लायन्स क्लबको सक्रियताले समाजमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै आफ्नो व्यक्तिगत तर्फबाट तमान बालगृहमा अध्ययनरत विद्यार्थीका लागि एक वर्ष पुग्ने खाद्यान्न, लत्ताकपडा तथा स्टेशनरी सामग्री उपलब्ध गराउने घोषणा गर्नुभयो।

कार्यक्रमको दोस्रो सत्र लायन्स क्लब अफ बुर्तिबाङकी अध्यक्ष मनकुमारी कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो। डिस्ट्रिक्ट सिनियर एओजी राम सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा लायन्स क्लब अफ ढोरपाटनका प्रथम उपाध्यक्ष मुक्तिनाथ लोहनीले राष्ट्रिय झण्डाप्रति सम्मान व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन लायन्स पब्लिक रिलेसन अफिसर छविलाल पाण्डेले गर्नुभएको थियो।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img