फाइल पोटो
बुर्तिबाङ, साउन ८ — बागलुङका दुई छुट्टाछुट्टै स्थानमा सात वर्षीया दुई बालिकामाथि जबर्जस्ती करणी भएको आरोपमा दुई जना पुरुष पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार, निसीखोला गाउँपालिका–७ मा सात वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५८ वर्षीय देवबहादुर कुँवर पक्राउ परेका छन्।
गत असार ३२ गते राति घरमा सुतिरहेकी बालिकामाथि करणी भएको भन्दै परिवारले दिएको उजुरीका आधारमा प्रहरीले साउन ५ गते कुँवरलाई पक्राउ गरेको हो। पक्राउ परेका कुँवरलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरीले जनाएको छ।

यस्तै, बडिगाड गाउँपालिका–७ मा पनि अर्की सात वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ५९ बर्सिय कुल बहादुर गुरुङ
पक्राउ परेका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक मानन्धरका अनुसार दुवै घटनाका आरोपितलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको छ।

















