१७ जेठ २०८३, बुर्तिबाङ ।
निसीखोला गाउँपालिका वडा नं. १, हर्पे, लसीकोटमा सोही स्थानका ४३ वर्षीय टेक बहादुर गुरुङको शव हिजो साँझ करिव ८ बजे तिर फेला परेको हो । पाँचौ निसीखोला गाउँपालिका अध्यक्ष कपको मेला हेरेर फर्कने क्रममा स्थानीयले शव देखेपश्चात प्रहरीलाई खबर गरेका थिए । मृतकको दायाँ आँखाको माथि पट्टी गम्भीर चोट लागेको देखिएको छ । प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहबरमा मृतकको शवलाई पोष्टमाटमका लागि बुर्तिबाङ अस्पताल ल्याइएको छ । घटनाको प्रकृति हेर्दा कुनै धारिलो हतियार वा ढुङ्गाको प्रयोग गरी हत्या गरेको आशंका गरिएको छ । थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
निसीखोला गाउँपालिका–१, हर्पेमा एक पुरुषको शव फेला ।








