ढोरपाटन नगरपालिका २ मा रहेको अर्नाकोट माध्यमिक विद्यालय खल्बाङ ले शुक्रबार एक कार्यक्रमका बिच ५१ औँ वार्षिकोत्सव तथा २३ औँ अभिभावक दिवस मनाएको छ ।
आयोजित कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्नुभएको हो ।
सांसद कुवँरले कार्यक्रम उद्घाटन पछि बोल्दै आफूले जनताको जीवनस्तर उकास्न र पश्चिम बागलुङको विकासमा अहोरात्र मिहिनेत गर्दे आएको बताउनु भयो ।
आफूलाई पदको कुनै लोभ नभएको बताउँदै पदको लोभमा सांसदले राजीनामा दिएको भनी गलत हल्ला फिँजाइएको बताउँदै आफुले राजीनामा दिनुको कारण विस्तारै खुल्ने बताउनु भयो । आफू कुनै पनी पदमा रहँदा वा नरहँदा जनताको सेवामा लाग्ने बताउँदै राजनीतिक रटानले मात्र विकास नहुने बताउनु भयो । आफूले प्राथमिक तहसम्म अध्ययन रहेको उक्त विद्यालयको नवनिर्मित भवनको समेत उहाँले उद्घाटन गर्दे यहाँको विकासमा सँधै हातेमालो गर्ने प्रतिबद्धता जनाउनु भयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमलाल पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका २ का अध्यक्ष भेक बहादुर खत्री, ढोरपाटन नगरपालिका शिक्षा शाखाबाट ज्ञानेन्द्र सापकोटा, स्थानीय संकर कुवँर, विद्यालयका संस्थापक शिक्षक यमलाल पाण्डे लगायतको शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रममा प्रधानाध्यापक इन्द्र बहादुर कुवँर द्धारा विद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थी पुरस्कृत, विद्यार्थीको नृत्य प्रस्तुत लगायतका प्रस्तुती रहेको कार्यक्रम शिक्षक धन बहादुर महत र दीपक कुवँरले सञ्चालन गर्नुभएको हो ।










