चाडपर्व नजिकिँदै गर्दा बुर्तिबाङ प्रहरीको चेकजांचमा कडाई

बुर्तिबाङ असोज १२ गते
पछिल्लो समय इलाका प्रह्री कार्यालय बुर्तिबाङले चाडपर्व लक्षित अभियान अन्र्तगत विभिन्न स्थानमा चेकिङलाई कडाई गर्दे सचेतना मुलक कार्यक्रम गरेको छ ।
चाडपर्वको समयमा सवारीचालकले यात्रुबाट मनपरि भाडा असुल्ने, क्षमता भन्दा बढि यात्रु चढाउने, प्रयोजन विपरित सवारी हाँक्ने जस्ता गतिविधी बढेको भन्दै प्रहरीले सवारी चेकजाँचमा कडाई गर्दे बुर्तिबाङ वसपार्कमा यात्रु सहायता कक्षको समेत व्यवस्थापन गरीएको हो ।
वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिकाका विभिन्न स्थानमा पुगेर यस्तो अभियान सञ्चालन गरीएको अस्थाई ट्राफिक पोष्ट बुर्तिबाङका प्रहरी सहाएक निरीक्षक विशाल परियारले बताए ।
प्रहरीले चाडपर्वको समयमा हुन सक्ने अपराधिक गतिविधीलाई रोक्न नागरीकलाई सचेत बनाउँदै कहिँकतै अपराधिक गतिविधी भएमा सवारी चालकले भाडादर भन्दा बढि रकम असुलीे गरेमा, क्षमता भन्दा बढि यात्रु ओसार्ने जस्त गतिविधी गरेमा सहायता कक्ष वा १०० र १०३ मा फोन गरी जानकारी दिन समेत अपिल गरेको हो ।
कार्यालयका प्रमुख राजेश सर्मा अधिकारी र अस्थाई ट्राफिक पोष्ट बुर्तिबाङका प्रहरी सहाएक निरीक्षक विशाल परियारको कमान्डमा प्रहरीले यस्तो अभियान चलाएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img