मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मतगणना सुरु भएको २४ घन्टा भित्रै प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने दाबी गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा मतपेटिका संकलन भएको २४ घन्टा भित्रै प्रत्यक्ष तर्फको मतगणना सम्पन्न हुने बताएका हुन्। त्यसपछि समानुपातिक तर्फको मतगणना गर्ने आयोजकले जनाएको छ।

निर्वाचन आयोगले १ सय ६५ निर्वाचन क्षेत्रलाई मतगणनाका सम्बन्धी परिपत्र जारी गरिसकेको छ। आयोगले मतगणना छिटो बनाउन प्राविधिक व्यवस्था गरेको जनाएको छ। मतगणना स्थलको सुरक्षाका लागि तारजाली र सिसिटिभी राख्ने काम सम्पन्न भएको आयोगले जनाएको छ।

‘पहाडी भूभागबाट मतपेटिका संकलन छिटो भन्दा छिटो गर्ने हाम्रो प्रयास हुन्छ। सम्भव भए हेलीबाट गरिन्छ,’  भण्डारीले भने, ‘मतगणना सुरु भएको २४ घन्टामा मतपरिणाम पहिलो हुनेको प्रकाशित गरि सक्नेछौं।’

निर्वाचन आयोगले १५ जिल्लाका ६१ स्थानबाट मतदानपछिका ब्यालेट बक्स हेलीकप्टरबाट संकलन गरिने जनाएको छ। मतपेटिका संकलन नेपाली सेनाको हेलिकप्टरबाट हुनेछ।

आयोगले मतपेटिका सुरक्षामा परम्परादेखिको प्रचलनमा कुनै परिवर्तन नगरेको जनाएको छ। साथै सेना तेस्रो घेरामा रहने जनाएको छ।

‘मतपेटिका संकलन गरेर आर्मीले ल्याउने किञ्चित होइन। नेपाली सेनासँग रहेको हेलिकप्टरबाट मतपेटिका संकलन गरिन्छ’, भण्डारीले भने, ‘मतपेटिकामा दलका प्रतिनिधिको लाह छाप लगाएको हुन्छ। मतगणनाको कार्यक्रम सुरु गर्दा दलका प्रतिनिधिले त्यो छाप ठिक छ भनेपछि सुरु हुन्छ।’

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img