ढोरपाटन नगर स्तरीय ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : पहिलो दिन चार खेल सम्पन्न

२०८२ मंसिर ११ बुर्तिबाङ
शिशिर विश्वोकर्मा ,

ढोरपाटन नगरपालिकाद्वारा आयोजित ढोरपाटन नगर स्तरीय ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि उत्तर गंगा माध्यमिक विद्यालयको प्राङ्गणमा बिहिबार देखि भव्य रुपमा सुरू भएको छ ।

उद्घाटन समारोह विद्यालय व्यवस्थापन समिति सदस्य गोपाल महतको अध्यक्षतामा ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धनबहादुर कायतको प्रमुख आथ्यिता रहेका थियो । त्यस्तै वडा नं. ३ का अध्यक्ष खिमबहादुर सुनार, वडा नं. २ का अध्यक्ष दुर्गा बहादुर खत्री, शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख पुष्पक दाहाल, सहायक शिक्षा शाखा अधिकृत ज्ञानेन्द्र सापकोटा, शिक्षक अभिभावक सङ्घका संयोजक रेशम सापकोटा, प्रधानाध्यापक हरिचन पाण्डे, शिक्षक प्रतिनिधि तथा पत्रकार , विद्यार्थी अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उद्घाटनका अवसरमा बोल्दै कार्यवाहक मेयर कायतले नगरपालिकाले शिक्षा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतासाथ अघि बढाइरहेको बताउनुभयो । उनका अनुसार नगरका १४ माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई एकै मञ्चमा ल्याई प्रतिस्पर्धा गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए । छात्रा तथा छात्र दुवै तर्फ सम्पन्न भएको पहिलो दिनको दौड प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

छात्रा तर्फ २००, ४०० र ८०० मिटर दौडमा भुजी, सरस्वती, अर्नाकोट तथा शिवालयका विद्यार्थीहरूले क्रमशः शीर्ष स्थान हासिल गरेका छन् । २०० मिटरमा भुजी माविकी पुष्पा बिक, ४०० मिटरमा सरस्वती माविकी विष्णु बिक, र ८०० मिटरमा पुनः सरस्वती माविकी प्रेमकली बिक प्रथम बनेका छन् । यस्तै छात्र तर्फ २००, ४०० र ८०० मिटर दौडमा उत्तर गंगा, जनता बोर्डिङ, ज्योति विकास तथा भुजीमा माविका विद्यार्थीबीचको कडा प्रतिस्पर्धा देखियो ।

२०० मिटरमा उत्तर गंगा माविका केशव खत्री, ४०० मिटरमा सोही विद्यालयका अविशेख परियार, र ८०० मिटरमा भुजीमा माविका दिलीप बिक प्रथम भएका छन् । त्यस्तै २०० मिटरको दौडमा अर्नाकोट माविका सन्ध्या कुवर दिद्धिय , सरस्वती माविका सपना विक तितृया भएका छन् । ४०० मि को दौडमा ज्ञनोदय मावि अनुस्का वि दिद्धिय , अर्नाकोट माविका अमृता कुमाल तितृय , ८०० मिटरमा अर्नाकोट माविका अमृता कुमाल दिद्धिय , शिवालाय माविका सरिता विक तितृय भएका छन् ।

छात्र तर्फको २०० मिटरको दौडमा जनता र्बोडिङका विशेष विक दिद्धिय , ज्योति विकास माविका केरासिँह विक तितृया , ४०० मिटरमा सरस्वती माविका सुमन पुन दिद्धिय , ज्ञनोदय माविका टेक बहादुर सुनार तितृय भएका छन् । ८०० मिटरको दौडमा उत्तर गँगा माविका राजेश वि क दिद्धिय ,ज्योति विकास माविका अविनास रसाइली तितृय भएका छन् । छात्र छात्रा भलिबल, रिले डौड, हाइजम्प लगायतका विभिन्न २२ वटा इभेन्ट हुने खेलकुद संयोजक चित्र बहादुर पुनले बताउनु भयो ।

प्रतियोगिता व्यवस्थित रुपमा सम्पन्न गर्नका निम्ती विभिन्न समिति उप समिति गठन गरिएको छ । दोस्रो र तेस्रो स्थानमा जनता बोर्डिङ, सरस्वती, ज्ञानोदय तथा ज्योति विकास माविका विद्यार्थीले स्थान सुरक्षित गरेका छन् ।

कायक्रम सह प्रध्यापक हिरालाल पौडेको सञ्चालमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img