२०८२ मंसिर ७ बडिगाड ,
बागलुङको बडिगाड गाउँपालिका–५, दाँगमा आगलागीका कारण एक जना घाईते भएका छन भने लाखौंको क्षति भएको छ ।

गाउँपालिका–५, दाँग डाँडखर्क निवासी चन्दन घर्तिको घरमा आगलागी हुँदा एक जना घाईते भएका हुन । बडिगाड गाउँपालिका ५ दाँगमा आइतबार बिहान आगलागी हुँदा एउटा घरमा क्षति पुगेको छ । आगो निभाउने क्रममा एक जना घाइते भएका छन् ।
दाँग डाँडखर्क देबिराम घिमिरेको घरमा अदिया गरी बस्ने बडिगाड–७ टुनिबोटका चन्दन घर्तीको दुई तले गोठमा बिहान अन्दाजी ४ः३० बजेको समयमा पानि तताउने क्रममा एक्कासी आगलागी भएको जनाएको छ ।

आगो निभाउने क्रममा घरधनी चन्दन घर्ती घाइते भएका छन् । घाइतलाई उपचारका लागि गलकोट नगर अस्पतालमा पठाईएको छ । आगलागीबाट ५ वटा बोका ४ वटा बाख्रा आगोमा परी जलेका छन भने २ वटा भैंसी घाईते भएका छन । आगलागीका कारण ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।
घटनाको थप अनुसन्धानका लागी खार प्रहरी चौकीलाई खबर गरिएको छ । अदिया गरी बस्ने निम्म बर्गिए घर्ती परिवारमा आगोलागीका कारण झनै बज्रपात परेको छ ।










