नेपाल वन पैदावार उद्योग व्यवसायी संघ क्षेत्र नं–२ ‘ख’को अध्यक्षमा मिलन वि.क. चयन ।।

२०८२ मंसिर ५ बुर्तिबाङ,
नेपाल वन पैदावार उद्योग व्यवसायी संघ क्षेत्र नं–२ ‘ख’को नयाँ अध्यक्षका रूपमा मिलन वि.क सर्वसम्मत रूपमा चयन भएका छन् ।

संघको आयोजित अधिवेशनमार्फत प्रस्तुत प्रतिवेदन, वार्षिक समीक्षात्मक मूल्यांकन तथा नेतृत्व छनोट प्रक्रियासँगै वि.कको नेतृत्वमा नयाँ १३–सदस्यीय कार्यसमिति गठन गरिएको हो । अध्यक्षमा चयन भएपछि वि.कले वन पैदावार उद्योगको संरक्षण, व्यवस्थित व्यवसायिक वातावरणको विकास तथा व्यवसायीहरूको अधिकार सुनिश्चितताका लागि जिम्मेवारीपूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उनले चुनौतीलाई अवसरका रूपमा उपयोग गर्दै संघको गतिविधि अझ प्रभावकारी ढङ्गले अघि बढाइने बताउनुभयो । त्यस्तै उपाध्यक्षमा रेसम परिवार, ख बहादुर रसाइली , सचिवमा ओम प्रकाश पौडेल, सह–सचिवा मदन सिर्पाली , कोषाध्यक्षमा दल प्रसाद श्रेष्ठ तथा सदस्यहरूमा लोचन घर्ती मगर, रकम बहादुर क्षेत्री, होम बहादुर घर्ती मगर, शुमित्रा शाही, थमन सुनार, रुपलाल सिर्पाली, नेत्र गोतामे रहनुभएको छ ।

यस समितिले आगामी कार्यकाल भर संघका कार्यक्रम, नीतिगत प्रक्रियाहरू तथा व्यवसायी–हितमुखी गतिविधिहरू सञ्चालन गर्ने आश्वसन दिएको छ । अधिवेशनले ३ सदस्यीय अनुगमन समिति पनि चयन गरेको छ ।

त्यस्तै, संघको नीति तथा भावी योजनामा मार्गदर्शन प्रदान गर्न ५ जना सल्लाहकार मनोनीत गरिएको छ, जसमा निल बहादुर पुन, धन बहादुर खत्रीलगायतका अन्य व्यक्तित्वहरू रहेका छन् । अधिवेशनले मन बहादुर सुनारलाई संयोजक तथा मिलन तामाङलाई संयोजक सदस्यका रूपमा चयन गरेको छ ।

नयाँ नेतृत्वले वन पैदावार उद्योगको दिगो विकास, नीति सुधार तथा व्यवसायीहरूको हितका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img