ताप्लेजुङ – ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा १ करोड १८ लाख रुपैयाँभन्दा धेरै क्षति भएको छ ।
मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ मा रहेको तेम्बा बजारमा गएराति भएको आगलागीले चार वटा घर पूर्णरूपमा नष्ट भएकाे थियाे ।

इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको व्यावसायिक घरहरू जलेर पूर्णरूपमा नष्ट भएका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जानकारी दिनुभयो ।
पार्किङमा राखिएको मोटरसाइकलबाट आगलागी शुरू भएको प्रारम्भिक अनुमान गरिएको भए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










