फर्निचर उद्योग व्यवसायी संघको प्रथम अधिवेशन हुने ।।

२०८२ मंसिर ३ बुर्तिबाङ,

फर्निचर उद्योग व्यवसायी संघ ढोरपाटनको प्रथम अधिवेशन आगामी मंसिर ५ गते बुर्तिबाङमा सम्पन्न हुने गरी तयारी भएको छ ।

संघको स्थापना पछिको पहिलो अधिवेशन भएकाले यसलाई विशेष महत्वका साथ मनाइने तयारी भइरहेको संघले जनाएको छ । अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सबै तयारीहरू अन्तिम चरणमा पुगेका छन् ।

फर्निचर उद्योग व्यवसायी संघका अध्यक्ष गणबहादुर वि. का अनुसार अधिवेशनका लागि सदस्य, उद्योग– व्यवसायी तथा सरोकारवाला सबैलाई औपचारिक रूपमा निमन्त्रणा गरिएको छ । उनले अधिवेशनलाई सङ्गठनको आगामी मार्गचित्र निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताए ।

अध्यक्ष वि. का अनुसार अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिनेछ, जसले भविष्यमा संघको कामकाजलाई अझ पारदर्शी, सक्रिय र परिणाममुखी बनाउनेछ । उनले सङ्गठनात्मक संरचना सुदृढ गर्न, उद्योग– व्यवसायीका हकहित संरक्षण गर्न तथा उद्योग क्षेत्रका चुनौती र अवसरलाई समेटेर दीर्घकालीन योजना बनाउन अधिवेशन ऐतिहासिक सावित हुने विश्वास व्यक्त गरेका छन् ।

अधिवेशनमा स्थानीय प्रतिनिधि, उद्योगी– व्यवसायी, सरोकारवाला निकाय तथा सदस्यहरूको व्यापक उपस्थिति रहने अपेक्षा गरिएको छ । फर्निचर उद्योगले हाल भोगिरहेका समस्या, बजारको अवस्थासहित आगामी सुधारका उपायबारे विस्तृत छलफल हुने संघले जानकारी दिएको छ ।

सङ्घका अध्यक्ष वि. ले सबै उद्योग– व्यवसायीलाई अधिवेशनमा उपस्थित भई सङ्गठनलाई सुदृढ बनाउने कार्यमा सहभागिता जनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img