एनपीएल : कर्णालीले दियाे चितवनलाई १ सय ६७ रनकाे लक्ष्य

२०८२ मंसिर २ बुर्तिबाङ,

दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले चितवन राइनाेजलाई १ सय ६७ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे कर्णालीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६६ रन बनाएकाे छ । कर्णालीका प्रियांक पंचालले ९०, पवन सर्राफले अविजित २७ रन बनाए । चितवनका साेहेल तानभीर, सेफ जेब र रवि बाेपाराले १/१ विकेट लिए ।

आजै दोस्रो खेलमा दिउँसो ४ बजे विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स खेल्दैछन् । यसअघि हिजाे भएकाे उद्घाटन खेलमा अघिल्लाे संस्करणकाे विजेता जनकपुर बाेल्ट्सलाई हराउँदै काठमाण्डाै गुर्खाजले विजयी शुरुआत गरेकाे छ ।

एनपीएलमा जनकपुर, काठमाण्डौ, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् । प्रतियाेगिताकाे फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img