अखिल नेपाल युवक संघको बुर्तिबाङमा विशेष संगठनात्मक प्रशिक्षणमुलक भेला तथा मार्चपास कार्यक्रम

बुर्तिबाङ भाद्र १८ गते
नेपाल कम्युनिष्ट पार्टी मशालको सहायक संगठन अखिल नेपाल युवक संघको बुर्तिबाङमा विशेष संगठनात्मक प्रशिक्षणमुलक भेला तथा मार्चपास कार्यक्रम सम्पन्न भएको छ ।
बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) अन्र्तगत पर्ने ३ पालिकाका संगठनमा आवद्ध नेता कार्यक्रताको उपश्थितीमा प्रशिक्षणमुलक कार्यक्रम संगै बुर्तिबाङ बजार परिक्रमा गरी नागरीकता विधयक लगाएत वर्तमान सरकारले गरेका गलत कार्यको खवरदारी सहित विरोध सभा गरीएको हो ।
ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा रहेका संगठनमा आवद्ध नेता कार्यक्रताको उपश्थितीमा रहेको आयोजित कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा अखिल नेपाल युवक संघ केन्द्रिय महासचिव भिमशेन वनले सम्वोधन गर्नुभएको हो ।
राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य दिपक थापा, रक्तिम सांस्कृर्तिक अभियानका केन्द्रीय सचिव सहविन अर्गजा,अखिल नेपाल शिक्षक संगठन ढोरपाटन नगर समिती सदस्य सुनमाया घर्ति, धन बहादुर कुवँर लगाएतको आतिथ्यता एवं प्रशिक्षण मुलक मन्तव्य रहेको जनाइएको छ । कार्यक्रममा संगठनका केन्द्रीय सचिव डम्वर बहादुर कार्कीले आगामी कार्ययोजना,र युवक संगठनको बारेमा कार्यविधी प्रस्तुत गर्नुभएको थियो कार्यक्रम अखिल नेपाल युवक संघ ढोरपाटन नगर उपाध्यक्ष पुस्कर अदैको अध्यक्षता, संगठनका निसीखोला गाउँपालिका अध्यक्ष राजेन्द्र कुमार शाहीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img