२०८२ कार्तिक २७ बुर्तिबाङ,
वैदेशिक रोजगारका क्रममा पीडित बनेका र उनीहरुको परिवारले ९३ लाख ५१ हजार रुपैयाँ सहयोग प्राप्त गरेका छन् ।

पछिल्लो दुुई आर्थिक बर्षमा वैदेशिक रोजगारका क्रममा मृत्युवरण गरेका, घाइते तथा विरामी र उनीहरुका परिवारले सो रकम प्राप्त गरेको जैमिनी नगरपालिका रोजगार सेवा केन्द्र संयोजक सुरेश पुनले जानकारी दिए ।
जैमिनीबाट वैदेशिक रोजगारकोलागि गएका मध्ये आर्थिक बर्ष २०८०८१ र ०८१/८२मा ९ जनाले मृत्युवरण गरेका थिए । श्रम अवधिभित्र मृत्यु भएका उनीहरुको परिवारले ६१ लख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यी दुई आर्थिक बर्षमा १७ जनाले वैदेशिक रोजगार सन्तती छात्रवृति रकम पाएका छन् । उनीहरुले आर्थिक बर्ष २०८१मा १ लाख ३६ हजार रुपैयाँ र आर्थिक बर्ष २०८०मा ५६ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
श्रम अबधिभित्र अंगभंग वा घाइते भएका १५ जनाले २७ लाख ४९ हजार रुपैयाँ सहयोग प्राप्त गरेका छन् । आर्थिक बर्ष २०८०मा ८ लाख ७५ हजार, आर्थिक बर्ष २०८१मा ११ लाख ७४ हजार र आर्थिक बर्ष २०८२मा ७ लाख रुपैयाँ प्राप्त गरेका हुन् ।
वैदेशिक रोजगारकोलागि विभिन्न देश गएका ७ जनाले उपचारकोलागि २ लाख ६० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
आर्थिक बर्ष २०८०मा १ लाख १० हजार, २०८१मा १ लाख र २०८२मा ५० हजार रुपैयाँ उपचारकोलागि सहयोग प्राप्त गरेका छन् ।
राहत र सहयोगकोलागि रोजगार सेवा केन्द्र जैमिनीले सहयोग पुर्याउँदै आएको छ ।
वैदेशिक रोजगारमा गएका कतिपयलाई यी सुविधा बारे थाहा नहुँदा थप समस्या पर्ने गरेको गरेको छ ।










