लागुपदार्थ खाएर काठमाण्डौमा सार्वजनिक गाडी चलाउने ५ चालक पक्राउ ।।

२०८२ कार्तिक २२ बुर्तिबाङ,

ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा लागुपदार्थ खाएर सार्वजनिक गाडी चलाउने पाँच चालकलाई पक्राउ गरेको छ ।

उपत्यकाका विभिन्न ठाउँमा सञ्चालन गरेको नियमित जाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने चालकहरूमा मकवानपुरका सोनाम सिंह घिसिङ, काठमाण्डौका सुमन रुपाखेती, रौतहट घर भई बल्खु बस्ने बिकि ठाकुर हजाम, काभ्रे घर भई फर्पिङ बस्ने अनिल मोक्तान र सुनसरी घर भई कीर्तिपुर बस्ने रंजित कुमार कुशुहवा रहेका छन् । उनीहरूलाई थप कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

यात्रु बोक्ने संवेदनशील सार्वजनिक गाडीका चालकले नै लागुपदार्थ खाएर गाडी चलाउनुलाई गम्भिर रुपमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img