विधी पद्धतीमा काम गर्दा आक्षेप लगाउन खोजियो उपमेयर कायत

बुर्तिबाङ ÷भाद्र १७ गते

ढोरपाटन नगरपालिका उपमेयर धनबहादुर कायतले आफुले निती , विधी र पद्धतीमा रहेर ढोरपाटन नगरपालिकामा काम गर्न खोज्दै गर्दा केही तत्वले आफुलाई असफल पार्न खोजेको आरोप लगाएका छन ।
विहिबार सामाजिक सञ्जाल फेसवुक मार्फत उपमेयर धनबहादुर कायतले रोजगार सहाएक पदमा आफनो व्याक्ति राख्न खोजेको र मनपरी गर्न खोजेको भन्ने स्टाटस आएपछि कायतले आफुलाई नियोजित रुपमा अराजक तत्वले भ्रमपूर्ण आरोप लगाउन खोजीएको बताएका छन ।
विहिबार ढोरपाटन नगरपालिकामा रोजगार सहायक पदको परिक्षा थियो जसमा १० जनाको सहभागिता रहेकोमा कोही पनी उर्तिण हुन सकेनन् त्यसैलाई लिएर केहि तत्वले सामाजिक सञ्जालमा आफनो अनावस्यक चरित्र हत्या गर्न खोजिएको बताउँदै आफुलाई अनावस्यक आरोप लगाउनेको खोजी गरी कानुनी उपचार खोजीने बताए ।
कायतले भने रोजगार सहायकको परिक्षा लिखित र प्रयोगात्मक गरी दुई चरणमा थियो त्यसलाई पारदर्सि ढँगले योग्य व्याक्तिको छनौट हुनुपर्ने आफनो धारणा थियो अनुगमन नियमन गर्नु आफनो दायित्व समेत भएका कारण दुबै परिक्षामा मैले पनी निरिक्षण गरेँ तर लिखितमा धेरै उर्तिण भएपनी प्रयोगात्मक परिक्षामा कोही पनी उर्तिण हुन सक्नुभएन मलाई आफनो मान्छे राख्न खोज्यो भनेर अनावस्य सामाजिक सञ्जालमा आरोप लगाइएको बताउँदै भ्रमको पछि नलाग्न आग्रह सहित खराव नियतले आफनो चरित्र हत्या गर्नेको खोजी भइरहेको र कार्यवाहीको दायरामा ल्याउने बताउँदै आफुले जनताको हित विपरित कुनै पनी काम नगर्ने र नकारात्मक गतिविधी गर्नेलाई पनी नछोड्ने ढोरपाटन टाइम्सलाई बताए ।

ढोरपाटन नगरपालिकाले खोलेको विज्ञापनमा रोजगार सहायकमा निवेदन दिइएका मध्ये पहिलो चरणमा १० जना छनौट भएका थिए दोश्रो चरणमा निश्पक्ष र योग्य व्याक्तिको छनौटका निम्ती विज्ञ व्याक्तिबाट परिक्षा लिने गरी गल्कोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल बहादुर वि.क. लाई वोलाएर परिक्षा गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img