२०८२ कार्तिक ९, बुर्तिबाङ ।
बागलुङ सिएच आइटिएफ तेक्वान्दो सङ्घको पाँचौ जिल्ला अधिवेशन शनिबार बुर्तिबाङमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष रबिन बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल सिएच आइटिएफ तेक्वान्दो सङ्घका केन्द्रिय अध्यक्ष साबुम कुल बुहादर बुढा मगर कुशलको प्रमुख आतित्थ्यता रहेको थियो ।
प्रमुख अतिथि बुढा मगरले बोल्दै खेलकुदको माध्यमबाट देश विकासमा लाग्न युवा जनशक्तिलाई बताउनुभएको थियो । खेलाडी भनेका देशका गहना हुन् भन्दै सरकारले पनि खेलाडीलाई सम्मान गर्न आवश्यक रहेको बताउनुभयो ।

शनिबार आयोजित सङ्घको जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन भएको छ । जसमा जीवन रसाइली अध्यक्ष रहेको १३ सदस्य जिल्ला कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा सुजन बुढा मगर, कोषाध्यक्ष मुना रसाइली, सचिवमा एलिस घर्ति, सदस्यहरुमा लक्षु बि.क., सिमा घर्ति, भावना बि.क., ज्ञानेन्द्र बि.क., किशोर बि.क. र आशिष बुढा रहनु भएको छ । त्यस्तै सल्लाकार समितिमा प्रेम घर्ति, हेपेन्द्र घर्ति, झग बहादुर बुढा र लोकमाया घर्ति रहनु भएको हालका अध्यक्ष जीवन रसाइलीले जानकारी दिनुभएको छ ।
नयाँ कार्यकाल सम्माहालेपछि सङ्घ अध्यक्ष जीवन रसाइलीले बागलुङ जिल्लाभर तेकान्डो विस्तार गर्ने खेलकुदको माध्यमबाट समाजमा नयाँ परिवर्तन ल्याउने अभियानको थालनी गर्ने बताउनुभएको छ । शारिरिक तथा मानसिक रुपमा तन्दुरुष्ट रहनका लागि खेलकुदमा लाग्न आवश्यक रहेको रसाइलीले बताउनुभयो ।










