बुर्तिबाङमा कोजाग्रत पूर्णिमा मेला : भेट्रान्स भलिवल सेमिफाइनलमा ।

बुर्तिबाङ असोज २३ गते

बुर्तिबाङ राइजिङ यूवा क्लबको आयोजनामा सञ्चालन भइरहेको कोजाग्रत पूर्णिमा मेला तथा पालिका कप जारी रहेको छ ।
असोज २२ गतेदेखि सुरु भएको विविध खेलकुद तथा सांस्कृर्तिक कार्यक्रम तर्फ हालसम्म ३५ बर्ष माथिको भेट्रान्स भलिवल प्रतियोगिता भइरहेको छ ।
१८ समुहको सहभागिता रहेको प्रतियोगिता तर्फ भोली सेमिफाइनलको खेल हुने खेल संयोजक देव बहादुर विश्वकर्माले बताउनु भयो । सेमिफाइनलमा गल्कोट नगरपालिका ७ , तमानखोला गाउँपालिका २ , वडिगाड गाउँपालिका ४ र ढोरपाटन नगरपालिका ६ प्रवेश गरेको हो ।
त्यस्तै वडा स्तरीय पुरुष भलिवल तर्फ १२ समुहको सहभागिता रहेको हो । भोली बिहान ८ बजेदेखि पुरुष भलीवल प्रतियोगिता समेत सुचारु गरीने जनाइएको हो ।
महिला भलिवल प्रतियोगिता तर्फ ५ समुहको दर्ता सम्पर्क भएको र भोली टाइटेस गर्ने कार्यतालिका रहेको जनाइएको छ । त्यस्तै सांगितीक प्रस्तुती समेत भइरहेको हो । बिहीबार स्याम रानाले प्रस्तुती दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img