झुम्का कारागारमा ज्वरोको प्रकोप स् ३ जनाको मृत्यु, ४०० बढी बिरामी ।।

२०८२ भाद्र १९ , बुर्तिबाङ

सुनसरीको झुम्का कारागारमा पछिल्लो चार दिनको अन्तरमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ ।

भाइरल ज्वरोको प्रकोप फैलिएको कारागार रहेका एक जना बन्दीको बुधबार साँझ मृत्यु भएको थियो । आइतबार र सोमबार पनि एकरएक जनाको मृत्यु भएको थियो । मृतक तीनमध्ये दुई जनामा एउटै समस्या थियो, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या ।
निमित्त जेलर राम निरौलाका अनुसार बुधबार बेलुका सप्तरीको राजविराज(८ घर भई झुम्का कारागारमा रहेका बन्दी ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको हो ।

यादवलाई उच्च ज्वरो र श्वास प्रश्वासमा समस्या आएपछि बुधबार साँझ जिल्ला अस्पताल इनरुवामा भर्ना गरिएको थियो । जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनको उपचरका क्रममा मृत्यु भएको हो ।जेलर निरौलाका अनुसार भदौ १५ गते रामदेव उराउको मृत्यु भएको थियो । भदौ १६ गते सागर राईको मृत्यु भएको हो । उराउ कर्तव्य ज्यान र राई लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

उराउमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो । राई भने शरीर नचलेका कारण केहीदिनदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिए ।
ज्वरोको प्रकोप

झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’ गरी १ हजार ७ सय ९५ जना कैदीबन्दी छन् । तीमध्ये ४०० बढीमा ज्वरोको समस्या छ । जेलर निरौलाका अनुसार ती मध्ये १९ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

कारागार प्रशासनले ६ जनालाई उपचारका लागि पठाएको थियो । ज्वरोको प्रकोप फैलिएपछि पुगेको स्वास्थ्यकर्मीको टोलीले बुधबार राति थप १३ जनालाई उपचारका लागि पठाएको थियो । ‘अलिक बढीलाई नै ज्वरो देखिएपछि जिल्ला अस्पताल इनरुवा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपासँग सहकार्य गरेर भित्र शिविर जस्तै चलाइयो’, जेलर निरौलाले भने, ‘चिकित्सकको टोली भाइरल ज्वरो हो भन्ने निष्कर्षमा पुग्नु भएको छ,अहिले आत्तिनुपर्ने अवस्था छैन ।’

उनले थप जाँच पनि भइरहेको बताए । बुधबारको तुलनामा बिहीबार ज्वरोका बिरामीको संख्या केही कम भएको बताए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img