पौष २५ गते बुर्तिबाङ
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई पर्यटन प्रर्वद्धन र विकास सँग जोड्नका निम्ति होम स्टे सञ्चालकलाई विभिन्न सामाग्रि हस्तान्त्रण गरिएको छ ।
शन २०२६ सम्म ३० वटा होम स्टेलाई लगानी सहित व्यवस्थित रुपमा सञ्चालन गर्ने उदेश्य सहित हालसम्म ८ वटा होमस्टे सञ्चालकका लागी किचनमा आवस्यक पर्ने सामाग्रि, टेवल, लगाएतका सामाग्रि हस्तान्त्रण गरेको हो ।
दिगो पर्यटन प्रर्वद्धन परियोजना अन्तरगत टेरिडेज होम जर्मनको आर्थिक विकास तथा वातावरण मन्त्रालयको सहयोग तथा विवाईसी बागलुङको साझेदारीमा ढोरपाटन सिकार आरक्ष र आसपासको क्षेत्रलाई लक्षित गर्दे पर्यटन विकासको लागी युवा उद्यमशीलता वृर्दी गर्न, महिलालाई आत्मनिर्भर बनाउन र व्यवस्थित रुपमा व्यवसायिक होम स्टे सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटन भित्राउने उद्देश्य सहित होम स्टे व्यवस्थापन तथा सञ्चालन कार्यक्रम सुरुवात गरिएको उद्यम विकास अधिकृत टेक बहादुर विकले बताउनु भयो ।

बिहिबार ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको उपश्थिती मा ढोरपाटन उपत्यकामा सञ्चालित तिन वटा होम स्टे सञ्चालकलाई होम स्टे सञ्चालनका निम्ती आवस्यक सामाग्रि हस्तचान्त्रण गरिएको हो ।
कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले यस क्षेत्रको पर्यटन प्रर्वद्धन, स्वरोजगार सृजना र होम स्टे सञ्चालन व्यवस्थापन मार्फत पर्यटन प्रर्वद्धनका क्षेत्रमा गरिएका र गर्न खोजिएका कार्यक्रम अत्यन्तै रचनात्मक रहेको बताउँदै ढोरपाटन नगरपालिकाले समेत प्रर्यटन प्रर्वधनलाई जोडेर यहाँका नागरिकलाई आत्मनिर्भर बनाउन र आम्दानीका श्रोत बृद्धि गर्न विभिन्न कार्यक्रम अगाडी बढाउने बताउनु भयो ।
सडक समस्या र अझै्पनी व्यवसायिले दिगो लक्ष्य लिएर अगाडी बढ्न नसकेका कारण केही समस्या रहेका कारण चेतना बृद्धि। सडक सञ्जालको सहजता संगै नगरपाकिलाले विभिन्न आय आर्जन मुलक प्रर्यटन र कृषि क्ष्ँोत्रमा लगाीन गरेर अगाडी बढ्ने बताउनु भयो ।
परियोजाले ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० गरी ३० वटा होम स्टे व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने तयारी रहेको जनाइएको छ ।
घरबास होमस्टेलाई अहिले सञ्चालन भइरहेको अवस्थाबाट माथि उठाउन र प्रत्यक्ष रोजगारीको सृजना गराई महिलाहरूलाई आत्मनिर्भर बनाउने गरी उनीहरू लाई होमस्टेमा आवश्यक पर्ने लत्ता कपडा देखि लो बेड, कुर्ची, टेबल, ग्यास सेट लगायत विभिन्न ४० प्रकारका सामाग्री हस्तान्तरण गरिएको हो । विभिन्न तालिम मार्फत होम स्टे सञ्चालनको विषयमा विज्ञ बनाउने र दिगो रुपमा अगाडि बढ्ने गरी कार्यक्रम तय गरिएको छ ।

प्रोजेक्ट मार्फत यहाँका युवालाई यहीँ रोजगारीको सृजना गराई व्यवसायिक बनाउन १५० जनाको लागी फरक फरक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । युवाहरूलाई होटल म्यानेजमेन्ट, टुरिस्ट गाइड, बेकरी कफी बनाउने लगायतका क्षेत्रमा उनीहरू लाई तालिमको माध्यमबाट सीप आर्जन गराई उद्यमशील, व्यवसायिक र रोजगार मुखी बनाउने लक्ष्य लिइएको छ ।
परियोजनाले पर्यटन, वन वातावरण, सरसफाइ, अनुशासन, लगायतका क्षेत्रका कार्यक्रमलाई प्रभावकारी बनाउन र विद्यार्थीलाई तथा स्थानीय महिलाहरूलाई सामाजिक क्षेत्रसँग जोड्नका निम्ति विद्यालयमा वाल क्लब गठन गर्दे विभिन्न क्याम्पियन सञ्चालन गर्दे आएको , १६ वटै वडामा वडा स्तरीय युवा समुह, महिला समुह गठन गरिएको जनाइएको छ ।










