पौष २४ बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिकाको आयोजनामा पौष २६ गतेदेखि २८ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
बुधबार उत्तरगंगा माध्यमिक विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दे विभिन्न १४ वटा माध्यमिक विद्यालयको सहभागिता रहने गरी २६ इभेन्टमा खेलकुद प्रतियोगिता सहित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
ढोरपाटन नगरपालिकाको आयोजना उत्तरगंगा माध्यमिक विद्यालयको व्यवस्थापनमा हुने प्रतियोगितामा छात्र, छात्रा भलिवल, ट्रयाक छात्रा छात्र तर्फको एकसय, दुईसय, चार सय, आठ सय, पन्द्र सय, तिन हजार चौवालिस सय मिटर रिले डौड प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । त्यस्तै फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
कार्यक्रम संयोजक किरण पौडेलले कार्यक्रमको विषय वस्तुमाथी प्रकाश पार्दे आवस्यक तयारी पुरा भइसकेको र पालिका भरका १४ विद्यालयका विद्यार्थीको सहभागिता रहने बताउँदै कार्यक्रम सफल पार्न नगरपालिकाबाट तिन लाख रुपैयाँ बजेट व्यवस्थापन भएको बताउनु भयो । प्रतियोगितामा विद्यार्थीले सहभागिता जनाएको इभेन्टका आधारमा सबैभन्दा बढि अंक प्राप्त गर्ने विद्यालयले पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको जनाइएको छ ।

जसमा प्रथम दिर्तिय र तिर्तिय हुनेले क्रमश बिस हजार, पन्द्र हजार दश हजार नगद सहित मेडल,प्रमाणपत्र प्राप्त गर्ने जनाइएको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० संसोधित निर्देशिका वमोजिम प्रतियोगितामा मावि तहका विद्यालयले मात्र सहभागिता जनाउन पाउने भएका हुन ।
ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम उत्तरगंगा माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका शिक्षा शाखा अधिकृत गणेश बहादुर रावलको विशेष उपश्थिती रहेको थियो ।
रावलले बोल्दै विद्यार्थीको क्षमता प्रस्फुट गर्नका निम्ती यस्ता कार्यक्रम महत्वपूर्ण रहेको जनाउँदै यस्तो कार्यक्रमले शिक्षा क्षेत्र संगै खेलकुद, क्षमता प्रस्फुटन लगाएतका क्षेत्रमा अगााडी बढ्न विद्यार्थीलाई प्रेरणा दिने बताउनु भयो । त्यस्तै अध्यक्ष वान बहादुर छन्त्यालले बोल्दै सामाजिक महत्व र विद्यार्थी शिक्षक विच मैत्रिपूर्ण बातावरण सृजना गर्न, आत्मियता बढाउन र विद्यार्थीमा भएको क्षमतालाई अझै माथी उकास्न कार्यक्रमले सहयोग गर्ने बताउँदै सबै विद्यायलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा खेलकुद क्षेत्रको विषयमा खेलकुद संयोजक शिक्षक चित्र बहादुर पुनले प्रकाश पार्नूभएको हो । कार्यक्रमलाई सफल पार्न विभिन्न १५ उपसमिती समेतच गठन गरिएको छ । १३ विद्यालयको छात्र भलिवल र ११ विद्यालयको छात्रा भविवलमा सहभागिता रहने भएको हो ।
विभिन्न विद्यालयका शिक्षक प्रतिनिधी, पत्रकार, प्रहरी, शिक्षक लगाएतको उपश्थिती रहेको कार्यक्रम उत्तरगंगा माध्यमिक विद्यालयका सहायक प्रध्यानाध्यापक हरिचन पाण्डेले सञ्चालन गर्नुभएको थियो ।









