ढोरपाटन क्षेत्रमा हिमपात सुरु

पौष २३ ढोरपाटन
बागलुङको ढोरपाटन क्षेत्रमा हिमपात संगै तल्लो क्षेत्रमा चिसो बढेको छ । ढोरपाटन लगाएत उच्च पहाडी क्षेत्रमा मंगलबार दिउँसो ३ बजेदेखि हिमपात सुरु भएको हो । ढोरपाटन, निशेलढोर, बोबाङ, निसीखोलाको पातिहाल्ने लगाएतका क्षेत्रमा हिमपात सुरु भएको हो ।
हिँउपर्न थालेपछि चिसो बढेको छ चिसोका कारण जनजीवन प्रभावित भएको छ । त्यस्तै गत असोज महिनादेखि बर्षात नभइरहेको अवस्थामा हिमपात र बर्षातले हिँउदेबालीलाई फाइदा पुग्ने किसानले बताएका हुन ।

पूर्वदेखि पश्चिमसम्म हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पश्चिममाभन्दा पूर्वमा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधकारीले बताउनुभयो ।
आज कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिमका धेरै ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तर कुनै बेला एउटा दिशामा हिँडिरहेको वायु अचानक अन्तै मोडिने तथा निष्क्रय हुने हुँदा पूर्वानुमानअनुसार वर्षा र हिमपात नहुने मौसमविद्ले बताउँदै आएका छन् ।
वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । भोलिदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
यस्तै तराईमा बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर बनेको छ । दिनभर घाम नलागेर चिसो बढेपछि ज्येष्ठ नागरिक, बालबालिकाहरू बढी प्रभावित भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img