शी लिड्स आइकनमा वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा सहित तिन जना घोषित ।

पौष १९ बुर्तिबाङ

देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगीताबाट उत्कृष्ट तीन जना छानिएका छन

उत्कृष्ट तीनमा रहेर आइकन घोषित हुनेहरुमा बडिगाड गाउँपालिका बागलुङकी अध्यक्ष गण्डकी थापा अधिकारी ,गौमुल गाउँपालिका बाजुराकी उपाध्यक्ष सीता थापा, सिगास गाउँपालिका बैतडीकी उपाध्यक्ष धाना धामी र छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरेका छन् । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर २७ जना सर्ट लिस्टमा परेका थिए । ती मध्ये तीन जना उत्कृष्ट बनेका हुन् ।

आइकन घोषित हुने उपाध्यक्षद्धय थापा र धामी नेकपा एमाले र अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्
शुक्रबार काठमाडौँमा भएको ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले नै अगुवाइ गरेको बताए ।

हिजो छोरीहरूको साक्षरताको स्तरमाथि आउन नसकेकामा आज महिलाहरू शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको प्रधानमन्त्रीको भनाइ छ ।

‘व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरूको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘महिलाले समान अधिकार पाउनु संवैधानिक र कानुनी अधिकार हो ।

ती सबै समानता दिने ठाउँमा हामी पुग्नुपर्छ ।’हक अधिकारको उपभोग र अवसरमा समानता चाहिएको भन्दै उनले प्राप्त उपलब्धिहरू पर्याप्त नभएपनि स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि पुगेको बताए । ‘यो उपस्थिति प्रगतिउन्मुख छ । यसलाई बढाएर लानुपर्छ’, प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले महिलाहरूमा करुण, माया र स्नेहभाव बढी हुने र उनीहरूको भूमिका हरेक क्षेत्रमा उत्कृष्टता र श्रेष्ठता हासिल गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img