सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखाले निसीखोला गाउँपालिका ७ का स्वर्गीय राम बहादुर कुवँरको परिवारलाई मृत्यु दावी वापतको रकम मङ्गलबार भुक्तानी गरेको छ ।
निसीखोला गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दे मृत्यु दावी भुक्तानी सहित स्थानीय जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिका बिचमा बीमा अन्तरकृया र सचेतना मूलक कार्यक्रम गरिएको हो । संस्थाका शाखा प्रबन्धक छविलाल पाण्डेले विमा, त्यसको महत्व र आवश्यकताको विषयमा जानकारी गराउँदै राम बहादुर कुवँरको परिवारले पाउने सेवा सुविधाको विषयमा प्रस्ट पार्नुभएको हो ।

बीमा बचत र सुरक्षाको भरपर्दो माध्यम रहेका कारण बीमा गर्न योग्य सबै नागरिकले आफ्नो क्षमता अनुसार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा निसीखोला गाउँपालिका ७ का अध्यक्ष दीपक कुवँरले बोल्दै बीमा आफैमा सुरक्षा र बचत सँग जोडिने विषय भएका कारण आफू हुँदा आफूलाई आफू नहुँदा परिवारलाई आर्थिक रुपमा थोरे लगानीबाट धेरै प्रतिफल प्राप्त गर्ने माध्यम भएका कारण सबैले सकारात्मक रुपमा लिएर क्षमता अनुसार खरिद गर्न आवश्यक रहेको बताउनु भयो ।

गत असोज महिनामा कालगति मृत्यु भएका ३५ बर्षिया कुवँरकी श्रीमती गिता कुवँरको खातामा कम्पनीले रकम जम्मा गरिदिएको हो । स्वर्गीय कुवँरको परिवारलाई पाँचलाख वीमाँक रकम सहित आर्जित बोनस र काजकिरिया खर्च गरी ६ लाख ४० हजार रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
वीमा अवधि समाप्ति पश्चात् पनि बीमाङ्क रकम परिवारले प्राप्त गर्न सक्ने कम्पनीले जनाएको हो ।
स्वर्गीय कुवँरको परिवारमा आमा,श्रीमती र दुई छोरा छोरी रहेका छन । कार्यक्रमा एजेन्सी म्यानेजर अमर बहादुर क्षेत्री, वडा सदस्य हिमशिला कुवँर, शिक्षक, कर्मचारी, बुद्धिजीवी, स्थानीय नागरिक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम एजेन्सी म्यानेजर प्रताप कुवँरले सञ्चालन गर्नुभएको थियो ।










