पौष १२ गते ढोरपाटन
बागलुङ जिल्लाकै दुर्गम स्थानका रुपमा रहको निसेलढोरमा दातृ निकायबाट घरघरमा सोलार बत्ती जडान गरिएपछि जिन्दगीभर दियालोको भरमा बस्दै आएका स्थानीय नागरिक खुसि भएका छन ।
युनिका फाउन्डेसन नेडरल्याडस,निसीखोला गाउँपालिका र कर्मफलाइट्स फाउन्डेसन पोखराको कुल ११ लाख २८ हजार बराबरका लागतका सोलार प्यानल सहित सबै सामाग्रि खरिद गरेर घरघरमा जोडिएपछि निसेलढोर अब रातको समयमा पानी उज्यालो बन्ने भएको हो ।
स्थानीय नविना घर्ती मगरले भन्नुभयो ‘जिन्दगीभर दियालो बालेर बसियो अब त उज्यालोमा बस्न पाइने भैयो केटाकेटीले पनी साँझ विहान पद्न पाउने भए खुसि लाग्यो अब चाँडै सरकारले विजुली ल्याइदिए धन्य हुन्थ्यो ।’

स्थानीय ६८ घर सहित विद्यालय र स्वास्थ्य इकाई गरी ७० वटा २० वाट क्षमताको सोलार प्यानल ब्याट्री, बल्ब र वायरीङका सामान सहित सबै घरमा बत्ती जडान गर्ने गरी प्राविधिकको व्यवस्था गरीएको हो ।
युनिका फाउण्डेसन नेदरल्याण्ड्सको ९ लाख १५ हजार ९ सय ८१, निसीखोला गाउँपालिकाको १ लाख ५० हजार, कर्मफ्लाईट्स फाउन्डेसनको ६३ हजार लागतमा सोलर हस्तान्त्रण गरिएको हो ।
आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले बोल्दै अँध्यारोमा बस्दै आएका नागरिकलाई दातृ निकायको सहयोगले उज्यालो दिएकोमा धन्यबाद ज्ञापन गर्दे चाँडै केन्द्रिय विधुत प्रसारण ल्याउने गरी पहल भइरहेको बताउनु भयो ।
निशेलढोर विकासका हिसाबले पछि रहेको जनाउँदै गाउँपालिकाले क्षमताको आधारमा विकास गरिरहेको र सिकार आरक्षका कारण सडक सञ्जाल गाउँपालिकातर्फ देखि जोड्न नसकिएको बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घतिले बोल्दै कृषिमा अब्बल रहेको निशेलढोर हरेक विकासबाट पछाडी रहँदै आएको अवस्थामा पछिल्लो समय टेलिफोनको टावर व्यवस्थापन, सामुदायिक स्वास्थ्य इकाई व्यवस्थापन, विद्यालय व्यवस्थापन लगायतका क्षेत्रमा काम भइरहेको जनाउँदै अन्य विकासका कार्यक्रमलाई क्रमिक रुपमा अगाडी बढाइने बताउनु भयो ।
युनिका फाउण्डेसन नेदरल्याण्ड्स नेपालका प्रमुख रमेश पौडेलले बोल्दै आफूहरूले गतबर्ष यस क्षेत्रको स्थलगत अध्ययन गरी तत्काल कार्यक्रम अगाडी बढाउने तयारी गरिएपनि गाउँपालिकाबाट समयमा ध्यान केन्द्रित नहुँदा ढिलाई भएको जनाउँदै नेपालमा ९८ प्रतिशत बस्तिमा विधुत पहुँच पुग्दै गर्दा निशेलढोर राज्यको पहुँचमा पुग्न नसकेकोमा चिन्ता व्यक्त गर्दे चाँडो राज्यको ध्यान जान जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष कुविर विश्वकर्माले बोल्दै निसीखोला गाउँपालिकाले जनताको समस्या र आवश्यकताको आधारमा सबै क्षेत्रमा समान विकास गर्दे आइरहेको जनाउँदै विकासबाट पछि रहेको यस क्षेत्रलाई थप विकासका कार्यक्रम अगाडि बढाउन आवस्यक रहेको बताउनु भयो ।
कार्यक्रममा निसीखोला गाउँपालिका जनप्रतिनिधी, कर्मचारी, पूर्व जनप्रतिनिधि, स्थानीय बासिन्दा लगायतको आतिथ्यता एवम् उपस्थिति रहेको थियो । कर्मफ्लाईट्स फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुवँरको स्वागत सहित कार्यक्रमको विषयवस्तु माथि जानकारी रहेको थियो ।
सूर्यदय उर्जा प्राली काठमाडौँको प्राविधिक सहयोग, कर्मफ्लाईट्स फाउन्डेसन पोखराको कार्यान्यनमा सोलार जडान गरिएको हो । पर्यटकिय स्थलको रुपमा प्रसस्त सम्भावना बोकेको निसेलढोर मा रैथाने ७० घर र बर्षातको समयमा करिब ३ सय घरधुरी बस्दै आएका छन । गाउँपालिका संस सिधा सडक सञ्जाल नजोडिएका कारण बुर्तिबाङ–ढोरपाटन हुँदै सडक सञ्जाल मार्फत निसेलढोर पुग्न सकिन्छ ।











