नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको दोश्रो ढोरपाटन नगर सम्मेलन मंगलबार देखि सुरु भएको छ । नगर सम्मेलन मार्फत नेतृत्व चयनमा जुटेको माओवादी केन्द्रमा अध्यक्ष पदको प्रत्यासीमा पाँच जना देखिएका छन ।
बन्द सत्रमाफर्त उमेद्वारी दर्ता सुरु भएको जसमा अध्यक्ष पदमा पाँच जनाको उमेद्वारी परेको हो । अध्यक्ष पदका लागी हेमेन्द्र घर्ति, सुमित घर्ति, राष्ट्रिय पुन, दिलिप थापा, गोपाल महत रहनु भएको छ ।
मंगलबार खुल्ला सत्रको औपचारिक कार्यक्रम सम्पन्न भएसंगै नेतृत्व चयनका निम्ती बन्द सत्र मार्फत छलफल कार्यक्रम सुरु भएको हो ।
उद्घाटन सत्रको कार्यक्रम ढोरपाटन नगर सम्मेलन आयोजक समितिका अध्यक्ष भीम बहादुर गौतमको अध्यक्षता,नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश सह इन्चार्ज हरि अधिकारी (कुमार) को प्रमुख आथ्यिता रहेको थियो ।
आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि अधिकारीले ऐतिहासिक नगर सम्मेलनको सफलताको शुभकामना कामना सहित सक्षम नेतृत्व अगाडी आउनुपर्नेमा जोड दिनुभयो । देशमा समाजवादी आन्दोलनको लहर आउने अवस्था रहेको बताउँदै नेतृत्व जिम्मेवार रहनुपर्नेमा जोड दिनुभयो ।
माओबादी पार्टीले देशमा उत्पन्न हरेक समस्यामा अग्र स्थानमा रहेर जिम्मेवारी व्यवस्थापन गरिरहेको जनाउँदै माओवादी प्रति जनताको भरोसा र आशा रहेको बताउनु भयो ।
देशमा भ्रष्टाचार न्यूनिकरण गर्न, देश निर्माणमा जनताको मन जित्न माओबादीको आवश्यकता रहेको जनाउँदै माओवादीले मात्रै देशमा समृद्धि ल्याउने बताउनु भयो ।
आयोजित कार्यक्रममा माओबादी केन्द्र केन्द्रिय सदस्य कृष्ण के.सी.,केन्द्रिय सदस्य चन्द्र बहादुर बुदा ,बागलुङ जिल्ला समन्वय समिति संयोजक राजिव घिमिरेको विशिष्ट आतिथ्यता एवम् शुभकामना मन्तव्य रहेको थियो ।
त्यस्तै वैकल्पिक केन्द्रिय सदस्य निल बहादुर पुन, गण्डकी प्रदेश सचिवालय सदस्य एवम् गण्डकी प्रदेश सभाको प्रमूख सचेतक कुसुम बुदा को मन्तव्य रहेको हो ।
नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य ,प्रदेश सदस्य, नगर कार्य समिति तथा माओवादीबाट निर्वाचित जनप्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम गण्डकी प्रदेश समिति सदस्य सुमित घर्तीको स्वागत मन्तव्य,गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
बन्द सत्रमा सहमती प्रयास गरिने र सहमती नभएमा निर्वाचन प्रणालीमा जाने अवस्था आउन सक्ने एक नेताले बताएका छन ।










