मंसिर २२ बुर्तिबाङ
बागलुङको तमानखोला गाउँपालिकामा आर्थिक बर्ष २०८१÷०८२ अन्र्तगत प्रथम चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर ३ तमानमा शनिबार सम्पन्न भएको छ ।

तमानखोला गाउँपालिकाको आयोजना, सामुदायिक रेडियो ढोरपाटनको सहजिकरणमा सम्पन्न कार्यक्रममा सहभागि नागरिकले गाउँपालिको दिगो विकासलाई पुरा गर्नका निम्ती टुक्रे योजना नभई दिगो परिणाम दिने खालका योजनाको छनौट गरेर पुरा गर्नुपर्नेमा जोड दिएका छन ।


गाउँपालिकाले आफनो श्रोत र क्षमताले भ्याए सम्म नागरिकको समस्या सम्वोधन गर्ने गरी काम भइरहेको बताउँदै अझैपनी सहज सडक, कृषिमा बजारीकरण, व्यवसायिक उत्पादनमा जोड दिनुपर्ने र अनुदानका कार्यक्रमलाई थप विस्तार गर्नुपर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नका निम्ती नियमित शिक्षण सिकालाई प्रभावकारी वनाउने र विद्यालय अनुगमन गर्दे नराम्रा गतिविधीलाई रोक्ने काम गर्नुपर्नेमा जोड दिएका हुन । स्थानीय विधुतमा निरन्तर समस्या रहने भएका कारण चाँडै केन्द्रिय विधुत जडानमा पहल गर्नुपर्ने लगाएतका माग स्थानीयको थियो ।
सहभागिले पालिका र वडा तहबाट योजना छनौट गर्दा जनसहभागितालाई प्राथमिकता दिएको, सबैको अपनत्व हुने गरी योजना छनौट गरिएको, जनप्रतिनिधी जनता प्रति उत्तरदायी रहेको बताउँदै तमानखोलाको शुसासन र समृद्धिमा अझै सक्रिय पूर्वक अगाडी बढ्नुपर्नेमा नागरिकले जोड दिएका छन ।
सहभागि नागरिकको प्रश्न, जिज्ञासाको विषयमा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै जनताको आवाज सुन्न र अझै सचेत भएर अगाडी बढ्नका निम्ती सार्वजनिक सुनुवाई कार्यक्रम प्रत्यक चौमासिकमा गर्ने गरिएको बताउँदै जनताबाट आएका रचनात्मक सुझावलाइ आफुहरुले ग्रहण गरेर अगाडी बढिने बताउनु भयो ।
संघियताको कार्यान्यन संगै स्थानीय सरकारको रुपमा स्थापित तमानखोला गाउँपालिकाले आफनो सामर्थले भ्याए सम्म विकास निर्माणमा अगाडी बढिरहेको बताउँदै ठुला योजना र परियोजनामा प्रदेश र केन्द्रको साथ आवस्यक रहने भएका कारण निरन्तर पहल गर्ने गरिएको बताउनु भयो ।
सडक निर्माणले गति लिएको, यसबर्ष केन्द्रिय विधुत प्रसारणको ठेक्का भइसकेका कारण केन्द्रिय विधुत सबै वडामा पुर्याउने गरी पहल भइरहेको, खानेपानीको क्षेत्रमा करिब ९० प्रतिशत नागरिक पहुँचमा पुगिसकेको, स्वास्थ्य क्षेत्रमा क्रमिक सुधार भइरहेका कारण , रोजगारी, शिक्षा, सचेतना लगाएतका कार्यक्रमलाई पनी प्राथमिकता दिएर गाउँपालिका अगाडी बढेको बताउनु भयो ।
कार्यक्रममा सहभागिबाट उठेका प्रश्न, जिज्ञासा र गुनासोको सन्दर्भमा सम्बन्धित जनप्रतिनिधी, विषयगत शाखा प्रमुख, लगाएतले प्रस्ट पार्नुभएको हो । गाउँपालिकाको चालु आर्थिक बर्षको कुल ३१ करोड ६२ लाख २५ हजार ५०० बजेट मध्ये चालु र पुँजीगत गरी कुल बजेटको १३ दशमलब १ प्रतिशत खर्च भएको जनाइएको छ ।
कुल ६३ योजना मध्ये अधिकांसको उपभोक्ता समिती गठन गरेर अनुशिक्षण कार्यक्रम भएको र प्राविधीक स्टेमिट समेत भएका कारण अब क्रमिक रुपमा काम सम्पादन हुने निमित्त प्रशासकिय अधिकृत मुना विश्वकर्माले बताउनु भयो ।
पोषण मैत्री गाउँपालिको रुपमा कार्यक्रम अगाडी बढिरहेका कारण यसबर्ष पनी १ करोड ६० लाख बराबरको कार्यक्रम सञ्चालन हुने जनाइएको छ । आयोजित कार्यक्रममा एक सय १० जनाको सहभागिता रहेको थियो ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षता, उपाध्यक्ष हिरा कुमारी छन्त्यालको स्वागत, निमित्त प्रशासकिय अधिकृत मुना विश्वकर्मा द्धारा चालु आर्थिक बर्षको हालसम्मको बजेट र प्रगति प्रतिवेदन पस्तुत गर्नुभएको कार्यक्रम पत्रकार छविलाल पाण्डेले सहजिकरण गर्नुभएको थियो ।










