नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको दोस्रो साधारण सभा यही मंसिर २२ गते बागलुङ बजारमा गरिने भएसंगै विभिन्न पालिकामा प्रतिनिधी छनौटको कार्यलाई तिव्रता दिइएको छ ।
सदस्यता वितरण अभियान सञ्चालन गर्ने, सबै पालिकाहरुबाट प्रतिनिधि र पर्यवक्षेक छनौट र पालिकाहरुमा साधारण सभा आयोजन गरेर नयाँ कार्यसमिति निर्माण गर्ने, महिला व्यवसायीहरुलाई संगठित गरी आय आर्जनको कार्य गर्ने, कर, भ्यात, वस्तुको गुणस्तर संम्बन्धी अभिमुखीकरण, वित्तीय संस्था र तीन तहको सरकारबाट उद्योगी व्यवसायीहरुले पाउने सेवा सुविधाको बारे जानकारी दिन तालिम आयोजना गर्ने निर्णय गरिएको छ ।

त्यस्तै शुक्रबार ढोरपाटन नगरपालिका स्तरीय समितीको गठन गरिएको छ । भिम भण्डारी अध्यक्ष रहेको २३ सदस्य समितीको गठन गरिएको हो । त्यस्तै तमानखोला गाउँपालिकामा झक प्रसाद विक अध्यक्ष रहेको ७ सदस्य समितीको गठन गरिएको छ ।
निसीखोला गाउँपालिकामा कृष्ण बहादुर पुन अध्यक्ष रहेको १९ सदस्य उद्योग व्यापार संगठनको गठन गरिएको जनाइएको हो ।
त्यस्तै नेकपा माओबादी केन्द्रको पालिका स्तरीय सम्मेलन सुरु भएको छ । ढोरपाटन नगरपालिकामा दोश्रो नगर सम्मेलन कार्यक्रम मंसिर २५ गते गर्ने निर्णय गरिएको जिल्ला संयोजक राजिव घिमिरेले बताउनु भयो ।

त्यस्तै तमानखोला गाउँपालिकामा २६ गते सम्मेलन गर्ने निर्णय भएको चन्द्र बुढा सागरको भनाई छ । पार्टीले सबै पालिकामा सम्मेलन गर्ने निर्णय गरेको हो ।










