मंसिर ८ गते बुर्तिबाङ
सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा शनिबार विभिन्न बागलुङको बुर्तिबाङ सेवा केन्द्र सहित १० वटा सेवा केन्द्रमा एकैदिन सम्पन्न भएको छ ।

बागलुङको बुर्तिबाङ सेवा केन्द्र सहित तमान सेवा केन्द्र, निसी सेवा केन्द्र, भिमगिठे, खर्वाङ , गल्कोट सहित १० सेवा केन्द्रमा एकै दिन कार्यक्रम सम्पन्न गरिएको सिवाईसि बचत तथा ऋण सहकारी संस्थाका केन्द्रिय प्रतिनिधी शालिकराम पौडेलले बताउनु भयो ।
बुर्तिबाङ सेवा केन्द्रमा आयोजित कार्यक्रममा बुर्तिबाङ सेवा केन्द्र व्यवस्थापन समिती उप संयोजक अविन महतको अध्यक्षता, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँरको प्रमुख आतिथ्यता रहेको हो ।


कार्यक्रममा प्रमूख अथिति कुवँरले बोल्दै सहकारी सिद्धान्ततः धनि र गरिव विचको दूरीलाई नजिक बनाउँदै एक आपसमा आत्मनिर्भर बनाउने माध्यम रहेको बताउनु भयो । सहकारीको माध्यमबाट सहकार्य गर्दे उत्पादन, बचत, नागरिकको जिवन स्तर उठान गर्न महत्वपूर्ण भूमिका निर्वाह हुने बताउँदै सिवाईसी सहकारीले सेयर सदस्यको मर्म र भावना अनुरुप रचनात्मक कार्य गर्दे आइरहेकोमा जोड दिँदै सहकारीलाई दिगो, व्यवस्थित र मर्यादित बनाउन सेयर सदस्य, सञ्चालन टिक सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका अवसरमा विभिन्न १७ प्रस्ताव उपर छलफल गर्दे बन्द सत्रबाट प्रस्ताव सर्वसहमती बाट पारित गरिएको हो । कार्यक्रममा असल बचत कर्ता, असल ऋणी, असल सदस्य, असल बाल बचत कर्ता लगायतलाई संस्थाको तर्फदेखि सम्मान गरिएको हो ।
सहकारीले ऋण र बचतको कारोबार संगै प्रविधी मैत्री गुणस्तरीय सेवा प्रवाह गर्दे आइरहेको सेयर सदस्यहरुले बताएका हुन । कार्यक्रममा ढोरपाटन नगरपालिका १ का अध्यक्ष वान बहादुर छन्त्याल, वडा नम्बर ७ का अध्यक्ष धन बहादुर अदै , संस्थाका सिवाईसी साकोसका पूव केन्द्रिय सदस्य मेशलाल शर्मा, सिवाईसी साकोसका केन्द्रिय प्रतिनिधी ज्ञानेन्द्र राज पन्त, शालिकराम पौडेल, बुर्तिबाङ सेवा केन्द्रका पदाधिकारी केश कुमारी बुढा, सेवा केन्द्र प्रमुख गंगा देवी थापा लगाएतको आतिथ्यता एवम् शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रम हिरालाल पौडेलले सञ्चालन गर्नुभएको हो ।
सहकारीले दोश्रो चरणमा मंसिर २२ गते ९ सेवा केन्द्र र तेश्रो चरण पौष ६ गते केन्द्रिय कार्यालयमा साधारण सभा कार्यक्रम गर्ने तयारी अगाडी बढाएको हो । सहकारीको विभिन्न २५ वटा सेवा केन्द्र रहेका छन ।










