लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा सोमबार छोरेगाउँ माध्यमिक विद्यालय ढोरपाटन नगरपालिका ४ मा करिब ३ सय विद्यार्थीलाई घाम, धुलो, धुवाँबाट आँखा जोगाउनका निम्ती चस्मा र पच्चिस हजार रुपैयाँ बराबरको स्टेशनरी उपलब्ध गराइएको छ ।
ताकम फाउन्डेशन नेडरल्यानसको सहयोगमा प्राप्त भएको चस्मा र क्लबको तर्फदेखि स्टेशनरी उपलब्ध गराइएको क्लब अध्यक्ष छविलाल पाण्डेले बताउनु भयो ।

जेहेन्दार विपन्न विद्यार्थीलाई लक्षित गर्दे स्टेशनरी संगै चस्मा उपलब्ध गराइएपछि विद्यार्थी सुखि भएका हुन । कक्षा १० सम्म पठन पाठन हुँदै आएको उक्त विद्यालयमा अध्ययनरत करिब ३ सय विद्यार्थीलाई उक्त सामाग्रि उपलब्ध गराइएको हो ।

कार्यक्रम लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेको अध्यक्षता, ताकम फाउन्डेशनका प्रमुख तवान रोवेत्सको प्रमुख आतिथ्यता , फाउन्डेशनका पदाधिकारी, विद्यालय व्यवस्थापन समिती पदाधिकारी, शिक्षक, विद्यार्थी , लायन्स क्लबका पदाधिकारी लगाएतको उपश्थिती रहेको थियो । कार्यक्रम लायन्स क्लब अफ ढोरपाटनका सचिब हेमेन्द्र घर्तिले सञ्चालन गर्नुभएको हो ।










