मंसिर २ गते बुर्तिबाङ
बागलुङ जिल्लाको बुर्तिबाङमा शनिबार देखि सुरु भएको ३ दिने आँखाको चेकजाँच उपचार तथा मोतिविन्दुको शल्यक्रिया अप्रेसन शिविरमा एक हजार बढि नागरिकले सेवा पाएका छन ।
जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिका अन्तर्रगतका नागरिकलाई लक्षित गर्दे सञ्चालन गरिएको शिविरबाट एक हजार ५५ जना नागरिकले दोश्रो दिन सम्म आँखाको चेकजाँच तथा उपचार गराएका छन ।
लायन्स क्लब अफ ढोरपाटनको आयोजना र ढोरपाटन नगरपालिकाको साझेदारीमा सञ्चालित निः शुल्क शिविरमा पहिलो दिन ५ सय ८१ जना र दोश्रो दिन ४७४ जना नागरिकले सेवा लिएका हुन ।
दुई दिनमा गरी कुल ५४ जना नागरिकको निः शुल्क मोतिविन्दुको शल्यक्रिया मार्फत अप्रशेन गरिएको छ । भोलीका लागि १५ जना नागरिक अप्रेशनका लागी सिफारिस भएको धवलागिरी आँखा अस्पतालका आँखा रोग विशेषज्ञ विनम लामिछानेले बताउनु भयो ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भइरहेको शिविरमा नेपाल नेत्र ज्वती संघ, हिमालय आँखा अस्पताल पोखरा, धवलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोग रहेको हो । ताकम फाउन्डेसन नेदरल्याण्ड्सको विशेष सहयोग त्यस्तै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङ, ढोरपाटन उद्योग वाणिज्य संघ, बुर्तिबाङ राइजिङ यूवा क्लब लगायत विभिन्न सामाजिक संस्थाको सहयोग रहेको हो ।
लामो समय देखि आर्थिक अभाव लगायतका समस्याका कारण आँखाको समस्या पालेर बसेका नागरिकले ठुलो राहात महसुस गरेका छन । विभिन्न सामाजिक कार्य गदैै आइरहेको लायन्स क्लब अफ ढोरपाटनले प्रत्यक बर्ष निः शुल्क आँखा शिविर सञ्चालन गर्दे आइरहेको संस्थाका अध्यक्ष छविलाल पाण्डेले बताउनु भयो ।
बुर्तिबाङमा निःशुल्क आँखा शिविर: एक हजार बढि नागरिक लाभान्वित ।










