कात्तिक ३० गते बुर्तिबाङ
लायन्स क्लब अफ ढोरपाटनको आयोजना र ढोरपाटन नगरपालिकाको साझेदारीमा मंसिर १ गतेदेखि ३ गते सम्म बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निः शुल्क आँखाको चेकजाँच उपचार तथा मोतिविन्दुको शल्यक्रिया अप्रेसन शिविर हुने भएको छ ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको क्लबले पश्चिम बागलुङ आँखाको समस्या भई उपचार बाट बञ्चित रहेका नागरिकलाई लक्षित गर्दे शिविर आयोजना गरिएको क्लबका अध्यक्ष छविलाल पाण्डेले बताउनु भयो । शिविरलाई सफल पार्न ताकम फाउन्डेसनले विशेष सहयोग गरेको छ ।

नेपाल नेत्र ज्वती संघ, हिमालय आँखा अस्पताल पोखरा, धवलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोग रहेको हो । शिविरलाई सफल पार्न बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङ, ढोरपाटन उद्योग वाणिज्य संघ, बुर्तिबाङ राइजिङ यूवा क्लब लगायत विभिन्न सामाजिक संस्थाको सहयोग रहने भएको हो ।
मंसिर १,२ र ३ गते हुने शिविरको आवश्यक तयारी पुरा भइसकेको आयोजकले जनाएको छ । भोली बिहान ८ बजेदेखि शिविर सुरु हुने छ ।










