कात्तिक ३० गते बुर्तिबाङ
ढोरपाटन उद्योग वाणिज्य सङ्घको पहलमा प्रत्यक शनिबार बागलुङको दोश्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजार बन्द हुँदै आएको छ । व्यवसायिक हक हित स्थापित गर्ने उद्देश्य सहित स्थापित संस्थाले चाडपर्वको समय बाहेक अन्य समयमा बजार बन्द गर्दे आइरहेको हो । चाडपर्व सकिएसँगै भोलि अर्थात मंसिर १ गतेको शनिबार देखि प्रत्यक शनिबार बन्द हुने भएको छ ।
चाडपर्वको अवसरमा शनिबार पनी व्यापार व्यवसाय खुल्ला गर्ने गरी गत तिज पर्वदेखि खुल्ला गरिँदै आएको मा भोलि देखि प्रत्यक शनिबार पसल व्यवसाय बन्द गर्ने निर्णय भएको उद्योग वाणिज्य संघ ढोरपाटनका अध्यक्ष ढालेन्द्र छन्त्यालले बताउनु भयो ।
शनिबार व्यवसाय बन्द गरेर व्यवसायीले आराम गर्ने, हिसाव मिलान गर्ने, सामान व्यवस्थापन गर्ने गरी शनिबार बन्द गर्ने निर्णय भएको पाइएको छ । शनिबार फेन्सी, गल्ला किराना, हार्डवेयर, भाँडा पसल, इलेक्ट्रोनिक्स पसल, तरकारी पसल, उद्योग लगायतका व्यवसाय बन्द रहने गर्दछन ।
चाडपर्वको समयमा शनिबार खुल्ला रहँदै आएको बुर्तिबाङ बजार भोलिदेखि बन्द रहने










