कात्तिक २८ बागलुङ
जिल्लाको तमानखोला गाउँपालिकामा मंगलबार देखि आँखाका विरामीका लागी निःशुल्क चेकजाँच, औषधि उपचार संगै मोतिया विन्दुको निःशुल्क अप्रेशन शिविर सुरु भएको छ । आज र भोली हुने शिविमा पहिलो दिन करिब ५ सय ५० नागरिकले सेवा लिएका छन ।
पालिकाको केन्द्र बोङगादोभान आधारभुत अस्पत्ताल र तमान स्वास्थ्य चौकीमा गरी सञ्चालन गरिएको शिविरमा पहिलो दिन आधारभुत अस्पत्तालमा दुई सय ११ जनाको आँखा चेकजाँच गर्दा १७ जनाको मोतिया विन्दुको अप्रेसन गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।
त्यस्तै तमान स्वास्थ्य चौकीमा ३३५ चेकजाँच भएकोमा १९ जनाको को अप्रेसन गर्नुपर्ने भएको स्वास्थय कर्मीले जनाएका छन ।
तमानखोला गाउँपालिकाको आयोजना, लायन्स क्लब अफ तमानखोलाको व्यवस्थापनमा सुरु भएको शिविरमा ताकम फाउन्डेसनको विशेष सहयोग, नेपाल नेत्र ज्वती संघ, हिमालय आँखा अस्पत्ताल पोखरा, र धवलागिरी आँखा अस्पत्ताल बागलुङको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।
भोली सम्म सञ्चालन हुने शिविरमा तमानखोला गाउँपालिका अन्र्तगत ६ वटै वडाका नागरिकले निः शुल्क रुपमा सेवा लिन सक्ने भएका हुन । मोतिया विन्दुको अप्रेशन गर्नुपर्ने विरामीको लागी गाउँपालिकाकाले तमान सम्म ल्याउने लैजाने व्यवस्था समेत गरेको छ ।
शिविरको उद्घाट सत्रमा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत ईश्वर लाल शाक्य ,वडा नम्बर ३ का अध्यक्ष झक बहादुर बुढा,जनप्रतिनिधी, लायन्स क्लब अफ तमानखोलाका प्रतिनिधी, ताकम फाउन्डेशनका प्रतिनिधी, नेपाल नेत्र ज्वती संघ, हिमालय आँखा अस्पत्ताल पोखरा, र धवलागिरी आँखा अस्पत्ताल बागलुङका पदाधिकारी, स्वास्थ्य कर्मी लगाएतको आतिथ्यता रहेको थियो ।










